कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय नजिक अचेत अवस्थामा फेला परेका ३० वर्षीय बब्लु साउँदलाई मानव सेवा संस्थाले उद्धार गरेको छ। आईतबार बिहान करिब १० बजे अचेत अवस्थामा फेला परेका साउँदलाई प्रहरीले महाकाली प्रादेशिक अस्पतालमा पुर्याई सामान्य उपचार गरिए पछि भुमिनन्द धौलीदेवी फाउन्डेसनले उद्धार गरेको हो।

फाउन्डेसनका कार्यक्रम संयोजक सञ्जीव भट्टले साउँदलाई अस्पतालबाट जिम्मा लिएर धनगढीस्थित तारानगर मानव सेवा आश्रममा पुर्याएको जानकारी दिएका छन्। विशेष सुरक्षा गण वाणिबंक दरबन्दी भई हाल महाकाली प्रादेशिक अस्पतालमा कार्यरत प्रहरी हवल्दार इन्द्रसिंह धामीले साउँदको सामान्य उपचारपछि नास्ता खाना खुवाई फाउन्डेसनका संयोजक भट्टको जिम्मा लगाइएको बताएका छन्।

कृष्णपुर वडा नं ०२ का वडा अध्यक्ष अर्जुन साउदले बिगत १५ बर्षदेखि नजिकैकाे हाेटलमा कामगरी बस्दै आएकाे र उनकाे स्वास्थ्य अबस्था बिग्रिदा पटक पटक आम समुदाय लगायत व्यक्तिगत खर्च उठाएर पनि दिएकाे बताउदै उनकाे सहारा काेहि नभएकाे हुदा सहारा आस्रम पुर्याउने योजना रहेको बताउदै सेवा समितिलाई धन्यवाद दिदै आगामी दिनमा केहि गर्न सकिने सहयोग पनि गर्ने प्रतिबद्ध रहेकाे बताएका छन्। मानवीय सेवामा सक्रिय संस्थाको पहलमा बेसहारा अवस्थामा रहेका साउँदले आश्रय पाएका छन्।











