कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औं केन्द्रिय सभा तथा निर्णय प्रमाणिकरण सभा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा कञ्चनपुर उद्योग बाणिज्य संघको सभाकक्षमा सम्पन्न भएको छ । केन्द्रिय सभा तथा निर्णय प्रमाणिकरण सभामा प्रमुख वक्ता ( प्रमुख अतिथि) को रुपमा कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य एवंराष्ट्रिय स्वतन्त्र पाटी का कृषि, भुमि व्यवस्था तथा सहकारी विभाग प्रमुख माननिय ज्ञानेन्द्र सिंह महता रहनु भएको थियो । बाह्रहजार नौ सय भन्दा बढि सदस्य रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको कञ्चनपु जिल्ला भरी कार्यक्षेत्र रहेको र संस्थाले बचत तथा ऋणको कार्य बाहेक, मलखाद खरिद विक्री, कष्टम हायरिङ्ग सेन्टर , बिऊ श्रोत केन्द्र, स्कुल अफ कोअपरेटिभ, सितल चिनीको वाउडर उत्पादन लगायतका क्षेत्रमा कार्यरत रहेको छ ।

संस्थाले बन्द सत्रमा संस्थाको विनियमावली संसोधन , बचत नीति , ऋण नीति, निष्क्रिय सदस्यता व्यवस्थापन तथा सदस्यता समाप्ती कार्यविधि, शेयर खरिद विक्री कार्यविधि , कर्मचारी मुल्यांकन तथा कार्य सम्पादन कार्यविधि, धितो मुल्यांङ्कन कार्यविधि , उप समिति गठन तथा परिचालन कार्यविधि , अध्ययन तथा अवलोकन भ्रमण कार्यविधि , कागजात फाईलिङ्ग तथा व्यवस्थापन कार्यविधि , कवाड तथा काम नलाग्ने समान विक्री कार्यविधि, सम्पत्ति सुद्दिकरण निवार कार्यविधि , फिट एण्ड प्रपर परीक्षण सम्बन्धी कार्यविधि, सामाजिक परीक्षण कार्यविधि सर्व सम्मत रुपमा पारित भएको कुरा संस्थाका उपाध्यक्ष पवन चन्द लेखकले बताउनु भयो ।

सुपरिवेक्षण समितिका संयोजक दुर्गा दत्त भट्टले लेखा समितिको प्रतिवेदन पेश गर्नुका साथै यसै निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले आ.व. २०८२/०३ को ४२ करोडको बासलात तथा अनुमाननिय आय–व्यय, प्रस्तावित कार्यक्रम, कार्ययोजना र आ.व. २०८३/०८३ को ६० करोड सम्पत्ति बनाउने अनुमानि आय – व्यय , आ.व.२०८३/०८४ का लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण सम्बन्धमा, सेवा केन्द्र / सम्पर्क कार्यालयहरु एकिकरण गरि केन्द्रिकृत सेवा प्रारम्भ गर्ने सम्बन्धमा, संस्था एकिकरण गर्ने सम्बन्धमा, स्थिरीकरण कोषमा सहभागिता सम्बन्धमा, औषत शेयर व्यवस्थापन सम्बन्धमा, नियमित बचत तथा सदस्य राहतकोष रकम अनिवार्य जम्मा गर्ने सम्बन्धमा सम्बन्धमा पनि प्रस्ताव परित कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताउनु भयो ।

संस्थाकी प्रबन्धक बविता चन्द बमले संचालन भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा संस्थापक एवं समाजसेवी गजेन्द्र बहादुर चन्द, निङ्गलाशैनीका पूर्व अध्यक्ष दिपक प्रसाद जोशी, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश दत्त जोशी, महासचिव राहुल भट्ट, कञ्चनपुर फुटवल संघका अध्यक्ष गणेश बहादुर चन्द, समाजसेवी चन्द्र भण्डारी लगायतलृ सहकारीको सन्दर्भ र विषयमा शुभकामना बक्तव्य राख्नु भएको थियो ।










