कांग्रेस क्षेत्र नं. २ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न


कञ्चनपुर: नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिको आयोजनामा शुभदीपावली, छठ तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ। शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, विभिन्न तहका पदाधिकारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दीपावली, छठ तथा नयाँ नेपाल संवत्को अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा क्षेत्रीय सभापति करनसिंह ऐरले चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र आत्मीयता बढाउनुका साथै पार्टीभित्रको एकतालाई समेत मजबुत बनाउने बताउनुभयो। कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै आयोजकले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img