कञ्चनपुर : बोनटिभी रोगबाट पीडित सुदूरपश्चिम बाजुराकी एक युवतीको उपचारमा समस्या भएको छ । आर्थिक अभाव भएकी खप्तडछेदडी गाँउपालिका ६की २० बर्षिया युवती कमला विष्टको उपचारमा समस्या भएको छ । उनको परिवार आर्थिक रुपमा आर्थिक रुपमा विपन्न छ ।

सेती अस्पतालमा उपचारार्थ रहेका उनलाई तिहारको विदा भन्दै अस्पतालले डिस्चार्ज गरेपछि निजी अस्पतालमा उपचार गर्न समस्या भएकाले महेन्द्रनगरमा एक होटलमा कोठा लिएर बस्न बाध्य भएकी छिन । काठमाण्डौँ व्यवस्थापन संकायमा अध्ययनरत विष्टको घर परिवारले उपचारका लागि सहयोग गरिदिन अपिल गरेका छन । विष्टको घर परिवारले चुनावका बेलामा मात्रै आउने नेताहरु चुनाव जितेपछि आफुहरु जस्ता गरिबमाथि अन्याय भएको दुखेसो पोखेका छन ।











