क्षेत्र नं. २ का तीनै पालिकामा कांग्रेस नेतृत्व सर्वसम्मत


कञ्चनपुर — नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. २ मा पर्ने तीनवटै पालिकामा नगर सभापति सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट बेदकोट नगर सभापतिमा भोजराज भट्ट, शुक्लाफाँटा नगर सभापतिमा दाेश्राे पटक दानसिंह ऐर र कृष्णपुर नगर सभापतिमा कैलास बलायर चयन भएका हुन्।

नेतृत्व चयनमा सहमति जुटेपछि तीनै पालिकामा सभापतिका लागि निर्वाचन गर्नुपरेन। सर्वसम्मत नेतृत्व चयनलाई स्थानीय कांग्रेसमा आपसी सहमति, सहकार्य र एकताको सन्देशका रूपमा लिइएको छ।

नवनिर्वाचित सभापतिहरूले पार्टी संगठनलाई वडा तहसम्म थप सुदृढ गर्दै नेता–कार्यकर्ताबीचको एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। पालिका अधिवेशनबाट नेतृत्व चयन भएसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. २ को संगठनात्मक गतिविधिले थप गति लिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img