कञ्चनपुर: नेपाली काँग्रेस संस्थापन ईतर(देउवा) पक्षीय काँग्रेस जिल्ला नेतृत्वका लागि ६ नेताहरुले उम्मेदवारी दर्ता गराएका छन । देउवा पक्षीय काँग्रेस कञ्चनपुरको जिल्ला सभापतिका लागि निर्वतमान सभापति सहितका पदाधिकारी नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन । २मंसिर(बुधबार)देखि शुरु भएको काँग्रेस जिल्ला अधिवेशनमा नयाँ नेतृत्व सहितको कार्य समिति चयनका लागि भएको निर्वाचन प्रकृया अनुरुप निर्वतमान सभापति पदम बोगटी, निर्वतमान उपसभापति मिन बहादुर सिह, निर्वतमान सचिव हेमराज ओझा, तरुण दलका जिल्ला अध्यक्ष महेश चन्द, तरुण दलकै पुर्व जिल्ला अध्यक्ष कृष्णदत्त पनेरु र पुराना नोता पुष्पराज पाण्डेयले उम्मेदवारी दर्ता गराएका हुन । दुई उपसभापतिका लागि निर्वतमान सचिव भीमराज भट्ट, निर्वतमान कोषाध्यक्ष पवन सिह, निर्वतमान जिल्ला सदस्य दिल बहादुर देउवा, नेताहरु प्रकासराज पन्त, भानुभक्त भट्ट, सिद्धराज भट्ट, पशुपति थापा(मगर), दुई सचिवका लागि नेवि संघ कञ्चनपुरका पुर्व अध्यक्ष एव केन्द्रीय सदस्य गणेश भट्ट, समाजिक अगुवा नर बहादुर साउद, निर्माण व्यवसायी एव समाजसेवी निरञ्जन प्रशाद भट्ट, झकर बहादुर साउद(पुनर), दुई सहसचिवका लागि पुष्कराज जोशी, राजेक कुमार ठगुराठी, भीम बहादुर दमाई, तारासिह भाट, उत्तमराज भट्ट, माधव प्रशाद भट्टले उम्मेदवारी दिएका हुन ।

पालिका भूगोल तर्फ भीमदत्त नगरपालिका बाहेक अन्य सबै पालिकाबाट जिल्ला सदस्य स्वम निर्वाचित भएका छन । सभापतिका उम्मेदवार रहेका उप सभापति मिन बहादुुर सिहले जिल्लाका ९वटै पालिका मध्ये भीमदत्त बाहेक अन्य सबै ८पालिबाटबाट एक महिला सहित दुई सदस्य स्वत निर्वाचित भएको बताए । ‘पाटीको विधानतह नगरपालिकाबाट एक महिला सहित तीन सदस्य र गाँउपालिबाट एक महिला सहित दुई सदस्य भौगोलिक कोटा रहेको छ । बेलडाँडी गाँउपालिकाबाट भागरती शाही, देशसिह ठगुन्ना, नर बहादुर सिह, लालझाडी गाँउपालिकाबाट छविलाल जोशी, बेलौरीबाट गोपी गुरुङ्ग, हेमराज शाही, बिरेन्द्र चन्द, पुर्नवास नगरपालिकाबाट निर्मला तमौली, लक्ष्मी बोहरा, दल ब. धामी, बेदकोट नगरपालिकाबाट डम्बरा मल्ल, लाकेन्द्र ब. रोकाया, धन बहादुर देउवा, कृष्णपुर नगरपालिकाबाट उर्मिलादेवी चौधरी, अमर ब. विष्ट, मोहन बस्नेत, शुक्लाफाँटा नगरपालिबाट बीर बहादुर साउद, नवराज पन्त, र दोधाराचाँदनीबाट मनकला खलान कमलापती भट्ट निर्बिरोध निर्वाचित भएका छन ।

भीमदत्त नगरपालिकामा जगदिश सिह विष्ट, धनसिह महरा, धर्मसिह रावल, बिनोद खडका,सुरक्षा खडका(कुँवर)ले उम्मेदवारी दिएका छन । थारु तर्फ केबल सिह राना, मधेश मुस्लिम तर्फ सुनिता ठाकुर,द्वन्द्वपीडित तर्फ देब . बोहरा, एक दलित तर्फ नन्दा सार्की, शारदा विक र लक्ष्मण ओडले उम्मेदवारी दिएका छन । समाबेसी तर्फ केशव जोशी, करिस्मा पुजारा पनि निर्बिरोध निर्वाचित भएका छन । ४०बर्ष मुनिका तर्फ एक÷एक महिला पुरुष तर्फ बिमल भट्ट, चार महिला तर्फ मञ्जु कुँवर, शक्ति सिह तुतार कार्की, निमल आले, ज्योत्सना कुँवर(विष्ट)ले उम्मेदवारी दिएका छन । चार खस खार्य तर्फ नरेन्द्र बहादुर बोहरा, नवराज जोशी, राजेन्द्र ब. सिह, लोक बहादुर बुढा, पदम बहादुर विष्ट, भोजराज भट्ट, उत्तम बहादुर बोहरा, कमला ठकुल्ला, राजेन्द्र रावल, शकर सिह भण्डारी, अमर ब. मल्लले उम्मेदवारी दिएका छन । काँग्रेस कञ्चनपुरले पनि सहमतीय आधारमै नेतृत्व चयन हुने दावि गरिएको छ ।











