कञ्चनपुर : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र कैलाली सशस्त्र प्रहरी उपरीक्षक(एसपी)लाई खुम बहादुर केसीविच भारतीय नम्बर प्लेटको सवारी साधनमा ढुवानी भएको समान बरामद बारे भएको कुराकानीको अडियो लिक भएको छ । गत शुक्रबार कञ्चनपुर भन्सार कार्यालयबाट जाँचपास भएको एक भारतीय नम्बर प्लेटको मिनी ट्रकमा भएको ईलेक्ट्रोनिक समान सशस्त्र प्रहरीले कैलालीको मालाखेतीमा बरामद गरिएको समान बारे भन्सार अधिकृत भट्ट र सशस्त्रका एसपी केसीविच भएको सम्वाद लिक भएको हो ।

भन्सार अधिकृत भट्ट र एसपी केसीविच भएको सम्वादमा पैशा नपाएर समान समातेको हो ? भन्दै प्रशन गरेका छन । उताबाट एसपी केसीले खै पैशा पाए नपाएको तपाईलाई थाहा होला । भनेका छन । समान भएको गाडी जे होस ईन्डिनिय नम्बर प्लेटको गाडी हो, कुनैपनि पाटीलाई दुख नदिनुहोला । मेरो डिजी, हजुरको आईजिपी, गृहमन्त्री सहितका प्लस तीनचार जनालाई फोन हान्छु भनेका थिए । अण्डर बिलिङ्ग भए भन्सार पठाउनुप¥यो, होईन ठिक छ, भने छोडिदिनुप¥यो । पहिला पनि कञ्चनपुरबाट त्यहाँ धनगढीमा धेरै गल्ती गरिन्छ । जम्बो टोली ल्याएर आएका थिए ।

कुनै आकङ्गवादी थियो । गाडी गएन वा कुनै क्वान्टिनी फरक पारे त्यस बिरुद्धमा जाने चेतावनी दिए । महेन्द्रनगर लोकलले नसमात्ने अनि तपाईहरुले समात्ने ? कुनै भनेर पैशा नपाए समातेको हो ? उक्त घटनाले भन्सार चोरीछलीमा जिम्मेबारवाला कार्यालयका अधिकारीकै मिलोमतोमा हुने वा बरामद हुने गरेको नागरिकले आशंका गरिरहेका छन । गत विगतका सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीले लाईन खाएर भन्सार चोरीछली गराउने रकम नदिने व्यवसायीका समान बरामद गर्दै आएको व्यवसायीको गुनसो छ ।











