पप्पु गुरुङ्ग, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाँच शिविर सम्पन्न गरेको छ् । विहिवार दोधारा चाँदनी नगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को प्राविधिक सहयोगमा शारीरिक अपाङ्गता भएकाहरुलाई सहायक सामाग्री चेकजाँच शिविर सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरका बरिष्ठ आर्थिक संकलन अधिकृत टेक बहादुर बुढाले जानकारी दिनुभएको छ । आयोजित शिविरमा ६३ जना शारिरिक अपाङ्गता भएकाहरुले चेकजाँच गराएका बरिष्ठ आर्थिक संकलन अधिकृत टेक बहादुर बुढाले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका संग समन्वय गरि बिगत लामो समय देखि नेपाल राष्ट्रिय समाज कल्याण संघले नगर क्षेत्रमा शारिरिक अपाङ्गता भएका ब्यक्तीहरुलाई सहायक सामाग्री चेकजाँच शिविर सञ्चालन गर्दै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघ शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरका बरिष्ठ आर्थिक संकलन अधिकृत टेक बहादुर बुढाले बताउनुभयो ।

शिविरमा दोधारा चाँदनी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र जोशीले बिगत धेरै बर्ष अघि देखि समाजिक सेवामा अग्रसर रहदै आएको नेपाल राष्ट्रिय समाज कल्याण संघलाई शिविर सञ्चालनमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ् । अपाङ्गता भएका व्यक्तिहरुले पाउने सहायक सामग्रीले उनीहरुको जिवनशैलीमा निकै सहजता ल्याउने आफुले अपेक्षा गरेको उहाँले बताउनुभएको छ् । प्रमुख प्रशासकिय अधिकृत हरिश चन्द्र जोशीले अपाङ्गता भएका व्यक्तिहरुले पनि सपाङ्ग जति नै कार्य गर्न सक्ने उदाहरण दिदै नगरपालिकाबाट पाउने सेवाबाट कोही पनि नछुट्न अनुरोध गर्नुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको दैनिक िसहज बनाउन बिभिन्न समयमा सहयोग र जिविकोपार्जन योजनाहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरुलाई के–कस्तो सहायक सामाग्री आवश्यक पर्ने छ भनी चेकजाँच गरिने र सोही अनुसारको सामग्री निमार्ण गरि चाडै हस्तान्तरण गरिने योजना अनुसार कार्यक्रम अघि बढाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरले जनाएको छ् ।







