महाकालीमा बेपत्ता सशस्त्रका असई थारूको शव भेटियो


दोधारा । कञ्चनपुरको महाकाली नदीमा वेपत्ता बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको शव फेला परेको छ। असोज २४ गते महाकालमिा वेपत्ता भएका थारुको शव ५ दिनपछि बुधवार फेला परेको हो। भत्किएको झोलुङ्गे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा झोलुंगे पुलको तारमा अड्किएको अवस्थामा थारूको शव फेला परेको हो ।

नदीको बहाव तीव्र रहेकाले तारमा अडकिएर उहाँको निधन भएको हुन सक्ने आशंका गरीएको छ । पानीको वहाव कम भएपछि करिब दुर्घटना भएको ५० मिटर तल थारुको शव फेला परेको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले तार तान्ने क्रममा उनी त्यहीँ अड्किएको हुन सक्ने उहाँले बताउनुभयो ।

पानीको माथिल्लो भागबाट हेर्दा सशस्त्र प्रहरीको टी–सर्ट लगाएको व्यक्ति तारमा अड्किएको देखिएको र गोताखोरले उक्त क्षेत्रमा खोजी गर्दा थारुको शव पहिचान भएको हो । गोताखोर टोली र नेपाली सेनाले शव निकोलेको थियो । दुई साताअघि दोधाराचाँदनी जोड्ने झोलुंगे पुल भत्किएको थियो।

पुल भत्किएसँगै नेपाल टेलिकमको इन्टरनेट तारसमेत चुँडिएको थियो। सोही तार तान्ने क्रममा डुंगा अनियन्त्रित हुँदा थारू महाकाली नदीमा बेपत्ता भएका थिए।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६, तुलसीपुरका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधाराचाँदनीको देवस्थानस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर भएका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img