कञ्चनपुर : नेपाली काँग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेश भुगोलबाट दिवान सिह विष्ट, बहादुर सिह थापा, जनकराज चटौत, अम्बिका कुमारी चलाउने,भुपेश्वरी ऐर(भुपी) र भुवनराज भट्ट निर्वाचित भएका छन । काँग्रेस संस्थापन पक्षको १८असोजदेखि काठमाण्डौँमा शुरु भएको १५औँ महाधिवेशनमा खुलातर्फ विष्ट, थापा, चटौत, खुला महिला तर्फ चलाउने, ३५ बर्ष मुनीका युवा महिलातर्फ भुपेश्वरी ऐर(भुपी) र ३५ बर्षमुनी युवामा ईन्जिनियर भुवनराज भट्ट निर्वाचित भएका हुन ।

कञ्चनपुरका विष्ट, थापा र डडेल्धुराका चटौत सुप प्रदेश भूगोलबाट केन्द्रीय निर्वाचित भएका हुन । विष्ट र थापाले समान एक हजार ७सय ९९, चटौतले दुई हजार ५सय ८मत ल्याएका छन । चलाउनेले तीन हजार ७सय ५५, भुपेश्वर ऐर(भुपी) एक हजार ४सय ७१ र भट्टले तीन हजार ५सय २९मत ल्याएर केन्द्रीय सदस्य सुरक्षित पारेका छन । विष्ट र थापा संविधान सभा सदस्य एव प्रदेश सभा सदस्य हुन । ०७०मा विष्ट र थापा एक साथ संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

उनीहरुले बराबरी मत ल्याएका छन । थापा प्रदेशका आर्थिक मामिलामन्त्रीको जिम्मेबारी निर्वाह गरिसकेका थिए । भने, विष्ट शुरुवातीचरणदेखि गगन पक्षकै जिल्लाका कट्टर नेता हुन ।
पहिलो पटक विष्ट र थापा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । झण्डै साढे तीन दशकदेखि काँग्रेसी राजनीतिमा सकृय थापा यस अघि कञ्चनपुरको पुर्व सभापति जिल्ला नेतृत्व सम्हालिसकेका नेता हुन भने, विष्ट निरन्तर महाधिवेशन सदस्य थिए । १४मा पराजित भएका विष्ट १५मा निर्वाचित भएका छन ।

पुर्व देउवा पक्षीय कट्टर नेता परशुराम नगरका प्रमुख भरत बडायर जोशी ७सय ४०, काँगेस कञ्चनपुरका पुर्व सभापति हरि प्रशाद बोहरा एक हजार १९२, देउवा पक्षीय कृष्णपुरका नेता एव मेयरका उम्मेदवार पुष्करराज ओझा एक हजार ५८५, लम्किचुहा नगरका प्रमुख शुशिला शाही १हजार ६४२, बैतडीकी जेनजी नेपाल विद्यार्थीकी नेतृ भागरथी भट्ट ९सय १९ , कञ्चनपुरका पुराना काँग्रेस नेता प्रेम विष्टले ९सय ७१ , कञ्चनपुरकै महिला नेतृ खिना भण्डारीले ७सय ७५ मत ल्याएकी छिन ।
यस्तै विकाल ढकाल(प्रेम कुमारी भण्डारी)४सय १, रिता शाही एक हजार ५९०, सुमिता खडका ७सय ७६, धिरज शाही ६सय ६० ,योगेन्द्र रावल ८सय ९८ , सन्तोष खडका ८सय १८ , विजय बहादुर स्वाँर एक हजार ५९४, टीकाराम खनाल एक हजार १३४, दिपक बहादुर सिह एक हजार ३११ , नन्दकृष्ण जोशी एक हजार ५८३, पदम बहादुर शाही एक हजार ४९२, राम बहादुर रोकाया ९६०, सिभी मल्ल ७सय १५ , टिकेश्वरी हमाल ४सय ९०, आनन्दी पन्त भट्ट ५सय ६१, पवित्रा विश्वकर्मा ९सय ३४ मत ल्याएका छन ।










