कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(नेकपा) निकट अखिल क्रान्तिकारी कञ्चनपुरमा वडा दशैँ, शुभ दिपावली एव छठलाई लक्षित गरेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा दशैँ, शुभ दिपावली एव छठलाई लक्षित गरेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरुले दशैँ,तिहार चाडवार्डका बेला विद्यार्थीले सचेतनापुर्वक आफ्नो मौलिक परम्परा सरक्षणमा जोडदिएका छन । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका अखिल क्रान्तिकारी केन्द्रीय निर्वाचन आयोगका उपमहासचिव भुवन सिह विष्टले नेपाली मौलिक परम्परागत सरक्षणमा जोडदिए ।

उनले भडकिलो नभई संस्कृति सस्कार सरक्षण गर्ने हिसाबले मनाउनुपर्नेमा जोडदिए । अखिल क्रान्तिकारीका पुर्व नेता दिपक भट्टले पनि विद्यार्थीले आफ्नो मौलिक परम्परा सरक्षणमा जोडदिए । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)को अध्यक्षतामा भएको कार्यक्तममा विद्यार्थी सहितको सहभागिता रहेको थियो ।











