दोधारा चाँदनीमा आदर्श रामलिला नाट्य श्रंखला संचालनको तयारी सुरु


दोधारा । दोधारा चाँदनी नगरपालिकामा आदर्श रामलिला नाट्य श्रंखलाको तयारी सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ लक्ष्मी माध्यमिक बिद्यालयको प्रांगणमा यस वर्ष पनि आदर्श रामलिला नाट्य श्रंखला सञ्चालन हने भएको नाट्य श्रंखलाका कलाकार मान सिंह सुनारले जनाएका छन् । लक्ष्मी माध्यमिक बिद्यालयको आयोजनामा भगवान रामको चरित्रमा आधारित आदर्श रामलिला नाट्य श्रंखला संचालन हुने उहाँको भनाई छ् ।

आउदो ८ गते अर्थात अष्टमीको दिनबाट नाट्य श्रंखला सञ्चालन हुने गरि तयारी सुरु गरिएको कलाकार मान सिंह सुनारले बताउनुभयो । केही दिनमै कामको जिम्मेवारी बाँडफाँड लगाएत कार्य समेत अघि बढाईने उहाँले बताउनुभयो ।

लोक संस्कृतीको संरक्षणको लागी संचालन गर्न लागिएको रामलीला नाट्य श्रंखलालाई सफल बनाउन सबैको साथ र सहयोगको आयोजकले अपेक्षा गरेको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img