बेदकोटमा सुरक्षित अजिगरको उद्दार


कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकाले नगरका विभिन्न गाँउबस्तीबाट सरक्षित अजिगरको उद्दार गरेको छ ।
बेदकोट नगर प्रहरीले नगरका विभिन्न गाँउबस्तीहरुबाट अजिगरको उद्दार गरेको हो । उद्दार गरिएका अजिगर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको छ ।

मानिसको ज्यानै लिनसक्ने भयानक अजिगर उद्दार गरेर निकुञ्ज छाडिएपछि नगरबासी सुरक्षित भएका छन । मेयर भोजराज बोहराले नगरका १०वटै वडाका गाँउबस्ती शहर बजारमा भेटिएका अजिगर उद्दार गर्दै सुरक्षित रुपमा निकुञ्ज छाड्न नगर प्रहरीलाई दिएको निर्देशन अनुरुप प्रहरीले काम गरिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img