सुदूरपश्चिम विश्वविद्यालयमा डीन, निर्देशकदेखि प्रिन्सिपल खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त


कञ्चनपुर :  सुदूरपश्चिम विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गरेको छ । विभिन्न संकायमा रित रहेका पदाधिकारी यस पटक खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको हो । विभिन्न खुला चरणका परीक्षा उर्तीण गरेपछि खुला प्रतिस्पर्धाबाट नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ । यस अघि दलिय भागबण्डामा आधारमा सिधै नियुक्त हुने गरेको भएपनि अहिले खुलाबाट नियुक्त गरिएको दावि गरिएको छ । सुुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्ले २८असोज ०८३को बैठकले पदाधिकारी सिफारिस समितिका आधारमा विभिन्न ८ पदमा पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ ।

सुप विश्वविद्यालय केन्द्रीय कार्यालयका सूचना अधिकारी नविन बहादुर बमले कार्यकारी परिष्दबाट संकायका डीन, निर्देशक, केन्द्रीय क्याम्पस प्रिन्सिपल नियुक्त गर्ने निर्णय गरेको बताए । उनका अनुसार व्यवस्थापन संकायको डीनमा सहप्राध्यापक डा. शिव प्रशाद सापकोटा, शिक्षाशास्त्र संकाय डीन सहप्राडा नाथुराम चौधरी, विज्ञान तथा प्रविधी संकाय डीन सहप्राडा प्रेमसिह साउद, स्वास्थ्य विज्ञान संकाय डीन सहप्राडा डबल बहादुर धामी, मानविकी तथा सशाजिक शास्त्र संकाय डीन प्राडा राजेन्द्र प्रशाद भट्ट, अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्र निर्देशक सहप्राडा महेन्द्रराज जोशी, भाषा साहित्य तथा संस्कृति केन्द्र निर्देशक प्राडा हरिशचन्द्र जोशी र केन्द्रीय क्याम्पस महेन्द्रनगर प्रिन्सिपलमा उपप्राध्यापक डा. दीपकचन्द्र भट्टलाई नियुक्त गरेको छ ।

सुप विश्वविद्यालयले पहिलो पटक उक्त ८ पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएसंगै कतिपय प्राध्यापक, कर्मचारीले विश्वविद्यालयको उक्त नियुक्तिको स्वागत राम्रो भन्दै प्रसंसा गरिरहेका छन, भने कतिपयले भागबण्डादेखि निकटलाई नियुक्त दिएको टिकाटिप्पणी गरिरहेका छन । जेनजी बिद्रोहपछि सुप विश्वविद्यालयमा नियुक्ती स्वच्छ, पारदर्शीदेखि सुशासन उन्मुख भएको दावि गरिएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img