दोधारा चाँदनीका महिलालाई आत्मनिर्भर बनाउन १ महिने होजियारी तालिम


कञ्चनपुर । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक महिने मेसिनेरी होजियारी तालिम सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा एक महिने मेसिनेरी होजियारी तालिम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने २० जना महिलालाई सहभागी गराई तालिम सुरु गरिएको सहजकर्ता जयन्ती भट्टले बताउनुभयो । तालिममा धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जा लगाएत सामग्री बुन्न सिकाइने दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले बताउनुभएको छ् ।

महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकाले सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा उतार्न सहजकर्ता भट्टले आग्रह गर्नुभएको छ् । उहाँले नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीति अनुसार पालिकाले तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।


ताजा समाचार

spot_img