कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा चित्तलको उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ सुर्खेती टोलबाट कुकुरले लख्टदै गरेको पोथी चित्तलको स्थानियबासीहरुले उद्धार गरेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिनुभएको छ् । ईन्द्र मध्यवर्ती सामुदायिक बन नजिक रहेको सुर्खेती टोलमा कुकुरले लख्टदै गरेको चित्तललाई स्थानियबासीहरुले देखेपछि स्थानियबासीहरु मिलेर चित्तलको सकुशल उद्धार गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी र नेपाली सेनालाई खबर गरेपछि चित्तललाई सकुशल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयउ मझगाँउ पठाईएको वडाध्यक्ष सुनारले बताउनुभयो । बिगतहरुमा पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको चित्तलहरुलाई स्थानियबासीको सहयोगबाट उद्धार गरि निकुन्ज कार्यालय पठाईदै आएको उहाँको भनाई रहेको छ् ।







