दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुलाई आक्रमण तथा अभद्र व्यवहार भएको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले घट्नामा संलग्न दोषी उपर किटानी जाहेरी सहित कानुनी कार्वाही प्रकृया अघि बढाउने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरि सिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको १८ गते दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा टिप्परले ठक्कर दिएर १५ वर्षिय निर्दोष वालक दिवस चुनाराले ज्यान गुमाउनु साथै सोही घट्नामा २२ वर्षिय नरेश लुहार गम्भिर घाईते भएका थिए । घट्ना पछि पिडित परिवारलाई भेटघाट तथा समबेदना प्रकट गर्न घट्नास्थलमा पुग्नुभएका दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु माथी केही अराजक ब्यक्तीहरुद्धारा आक्रमण तथा अभद्र व्यवहार गरिएको भन्दै दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको बैठकले घट्नामा संलग्न दोषी उपर किटानी जाहेरी सहित कानुनी कार्वाही प्रकृया अघि बढाउने निर्णय गरिएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

टिप्परको ठक्करबाट एक जना वालकको मृत्यु भएको घट्नाले सिंगो कार्यपालिका स्तब्ध भएको बताउदै कार्यपालिका बैठकमा मृतक वालक प्रति हार्दिक श्रंद्धान्जली सहित मृतक परिवारजनमा सम्बेदना ब्यक्त गर्दै घाईते वालकको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । उक्त घट्नाको सम्बन्धमा सहजीकरण गर्न उपस्थिती हुनुभएका नगर प्रमुख किशोर कुमार लिम्बु माथी अमर्यादित ढङ्गबाट आक्रमण भएको घट्नाको घोर निन्दा गर्दै कार्यपालिका बैठकले घट्नामा संलग्न दोषी उपर किटानी जाहेरी सहित कानुनी कार्वाहीको लागी प्रकृया अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस अघि दोधारा चाँदनी नगरपालिका कार्यालय र नेकपा एमाले दोधारा चाँदनीले प्रेस बिज्ञप्ती जारी गरि घट्ना प्रति समबेदना प्रकट गर्दै उक्त दुखद घट्नालाई बहाना बनाई नगर प्रमुख माथी गरिएको अमर्यादित र असभ्य गतिबिधीहरु कुनै पनि द्धष्टिकोणबाट स्विकार्य हुन नसक्ने र सामाजिक सदभाव र शान्ती खलबलाउने तथा गलत नजिर स्थापित कार्य हुने ठहर गर्दै दोषी उपर आवश्यक छानबिन सहित कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायमा आग्रह गरिएको थियो ।







