दोधारा चाँदनीका मेयर लिम्बु माथी गरिएको अभद्र व्यवहार प्रति कार्वाहीको माँग


दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई गरिएको अभद्र व्यवहार गरिएको भन्दै नेकपा एमाले दोधारा चाँदनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै अराजक ब्यक्तीहरुलाई कार्वाहीको माँग गरेको छ् । गएको बैशाख १९ गते दोधारा चाँदनी नगरपालिका– १ अनमोल केशरको टिप्परले ठक्कर दिएर १५ वर्षिय निर्दोष वालक दिवस चुनाराले ज्यान गुमाउनु परेको दुखत घट्ना प्रति समबेदना प्रकट गर्दै घट्ना पछि पिडित परिवारलाई भेटघाट तथा समबेदना प्रकट गर्न घट्नास्थलमा पुग्नुभएका दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु माथी केही अराजक ब्यक्तीहरुद्धारा गरिएको अभद्र व्यवहार प्रति नेकपा एमाले गम्भिर ध्यान आकर्षण भएको प्रेस बिज्ञप्तीमा उल्लेख छ् ।

उक्त दुखद घट्नालाई बहाना बनाई जनप्रतिनिधमाथी गरिएको अमर्यादित र असभ्य गतिबिधीहरु क्ुनै पनि द्धष्टिकोणबाट स्विकार्य हुन नसक्ने र सामाजिक सदभाव र शान्ती खलबलाउने तथा गलत नजिर स्थापित कार्य हुने ठहर गर्दै दोषी उपर आवश्यक छानबिन सहित कानुनी दायारामा ल्याउन सम्बन्धीत निकायामा जोडदार माँग गरिएको प्रकाशित बिज्ञप्तीमा भनिएको छ् ।


ताजा समाचार

spot_img