पठन–पाठन सहजताको लागी दोधारा चाँदनीका बादी वालवालिकाहरुलाई शैक्षिक सामग्री


कञ्चनपुर । गणेश आधार बिद्यालयमा अध्यनरत बादी समुदायका वालवालिकालाई शैक्षिक सामग्री बितरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलमा रहेको गणेश आधारभुत बिद्यालयका वालवालिकालाई कापी र कलम बितरण गरिएको गणेश आधारभुत बिद्यालयका प्रधानध्यापक सुक्र सिंह चाँडले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ९ का वडा सदस्य बल बहादुर खड्का र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहको सहयोगमा ११ जना बादी समुदायका वालवालिकाहरुलाई पठन–पाठनमा सहयोग पुगोस भन्ने अभिप्रायले शैक्षिक सामग्री बितरण गरिएको प्रधानध्यापक सुक्र सिंह चाँडले बताउनुभयो । बिगतका दिनहरुमा बादी समुदायका वालवालिकाहरु बिद्यालय आउनेको संख्या बढी भएपनि अहिले आएर कमी आएको प्रधानध्यापक सुक्र सिंह चाँडले बताउनुभएको छ् ।

आर्थिक अभावको कारण बादी घरपरिवार ज्यालामजुरी गर्न भारत जाने हुदा वालवालिका आधारभुत शिक्षाबाट बन्चित हुदै गएको प्रधानध्यापक चाँडको भनाई रहेको छ् । वालवालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्नु हुने दोधारा चाँदनी नगरपालिका– ९ का वडा सदस्य बल बहादुर खड्का र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंह लगाएतलाई प्रधानध्यापक चाँडले धन्यबाद दिनुभएको छ् । गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले आर्थिक अभावको कारण बादी समुदायको नानीहरु शिक्षाबाट बन्चित हुदै आएको बताउनुभएको छ् । सिमान्तकृत समुदायकोरुपमा रहेको बादी घरपरिवार रोजगारीको अभावको कारण जहान परिवार भारत जाने हुदा आधारभुत शिक्षाबाट समेत उनिहरुको वालवालिकाहरु बन्चित हुदै आएको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो ।

बादी समुदायमा वालवालीकाहरुका लागी पढ्नै वातावरण नहुनु र अभिभावकहरुले केटाकेटीहरुको पढाई गर्नु पर्छ भन्ने मानसिकता नहुदा बादी बालवालीकाहरु साधारण शिक्षावाट समेत बन्चित हुदै आएको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष अमिर तिरुवाले बताउनुभयो । उहाँले बादी समुदायका वालवालिकाहरुलाई शैक्षिक सामग्री सहयोग गर्ने दाताहरुलाई उहाँले बिशेष धन्यबाद दिनुभएको छ् । विगतमा होच्याईएका र थिचोमिचोमा पारिएका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, उनीहरुको वालवालिकाहरुलाई शिक्षा, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम अझै पनि जस्ताकै त्यस्तै छ् ।

विगतमा समाजबाट हेपिएका बादी समुदायको सामाजिक विकास, शिक्षा र रोजगार मूलक गतिविधीमा समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण समेत अझै परिवर्तन भएको छैन् । बिद्यार्थी भर्ना अभियानमा सतप्रतिशत बिद्यार्थी नियमित आधारभुत शिक्षा आर्जन गरीरहेको भनी तथ्यांक तयार पारिन्छ् । तर बिडम्बना यो बस्तीका अधिकाशं बालबालिकाहरुले शिक्षाबाट अझै बन्चित हुदै आएका छन् ।

आर्थिक अवस्थामा गुज्रीरहेका बादी परिवार ज्यालामजुरी गर्न जहान परिवार संग भारत जादा वालवालिकाहरु आधारभुत शिक्षाबाट बन्चित हुदै आएको स्थानियबासी ठहर छ् ।


ताजा समाचार

spot_img