बुद्ध जयन्तीको अवसरमा ‘हाम्रो भोजनालय’द्वारा शैक्षिक सामग्री वितरण


कञ्चनपुर: बुद्ध जयन्तीको पावन अवसरमा ‘हाम्रो भोजनालय’ले भीमदत्तका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

हाम्रो भोजनालयको आयोजनामा तथा भीमदत्त नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको समन्वयमा बैशाख १८ गते शुक्रबार २५७०औँ बुद्ध जयन्ती तथा उधौली पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। ‘शिक्षा जीवनको ज्योति’ भन्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री, सामूहिक भोजन तथा यातायात खर्चबापत जनही एक हजार रुपैयाँ वितरण गरिएको थियो।

सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्षझै यस वर्ष पनि भीमदत्त नगरपालिका अन्तर्गतका ५२ सामुदायिक विद्यालयका १०४ जना विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको ‘हाम्रो भोजनालय’का प्रोपाइटर चक्रप्रसाद मिश्रले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता ‘हाम्रो भोजनालय’का प्रोपाइटर चक्रप्रसाद मिश्रले गर्नुभएको थियो भने भीमदत्त नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी प्रमुख अतिथि हुनुहुन्थ्यो। साथै, अतिथि कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह लगायत शिक्षाप्रेमी तथा खेलकुदकर्मीहरूको समेत उपस्थिति रहेको थियो।


ताजा समाचार

spot_img