कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा किसानहरुलाई कृषी औजार बितरण गरिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा रहेको हिमालय मध्यवर्ती उपभोक्ता समितिद्धारा किसानहरुलाई कृषी औजार बितरण गरिएको छ् । जोलोजिकल सोसाईटी अफ लण्डनको सहयोग र राष्ट्रिय प्रकृती संरक्षण कोषको सहकार्य र हिमालय मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा संगम कृषी तथा बाख्रा पालन समुहका सदस्यहरुलाई २ सय लिटरको पानी ट्यांकी, पाईप, औषधी छर्ने ट्यांकी, टनेल लगाएत कृषी उपजका सामग्री बितरण गरिएको हिमालय मध्यवर्ती उपभोक्ती समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् ।

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको जिविकोपार्जनको निम्ती बिभिन्न समयमा हिमालय मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सहयोग प्रदान गरिदै आएको हिमालय मध्यवर्ती उपभोक्ती समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभयो । स्थानियहरुलाई कृषीमा व्यावसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका लागी उक्त सामग्री बितरण गरिएको उहाँले बताउनुभएको छ् ।

कार्यक्रममा बक्ताहरुले कृषी औजार बितरणले किसानहरुको दिगो आयआर्जनमा महत्वपूर्ण टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन् । हिमालय मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत ३९ वटा समुह र ४ वटा आयआर्जन वैकल्पिक जिविकोपार्जन समुहका किसानहरुलाई बिगतका दिनहरु देखि मध्यवर्ती व्यवस्थापन समितिद्धारा बिभिन्न प्रकारको सहयोग गरिदै आएको हिमालय मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ् ।







