नेपाल जनजाती महासंघ दोधारा चाँदनीमा आर्थिक अनियमितता, अधिबेशन रोकियो


दोधारा । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनीमा आर्थिक अनियमितता भएको देखिएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्ट नजिक रहेको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्मा कार्य समितिद्धारा कार्यकालमा ब्यापक अनियमितता गरिएको समाचार श्रोतले जनाएको छ् । नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद्लाई नेपाल सरकारले दिदै आएको वर्षेनी झण्डै १२ लाख बढी रकममा ३ वर्षको कार्यकालमा कार्य समितिले आर्थिक अनियमितता गरिएको नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् एक सदस्यले बताएका छन् ।

महासंघको माईन्युट बुकमा कृते हस्ताक्षर, चेक बुकमा कृते हस्ताक्षर गरि रकम निकासा गरिएको श्रोतको दाबी छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका जनजातीको हितको लागी नेपाल सरकारले बिनियोजन गरेको बजेटमा अनियमितता संगै जनजाती समुदाय आक्रोसित बनेका छन् ।

उनिहरुले नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् दोधारा चाँदनी अनियमितता भनिएको रकम पारदर्शी गर्न माँग गरेका छन् । महासंघ नगर समन्वय परिषद् कार्य समितिले अनियमितता भएको रकम पारदर्शी गर्न नसकेर यस पटक हुने अधिबेशन ढिलाई हुदै आएको जानकारहरु बताउछन् ।


ताजा समाचार

spot_img