सुडा स्थित राधाकृष्ण मन्दिरमा साउन १३ गतेदेखि शृङ्गारिक महाआरती


खडक बहादुर कोली/कञ्चनपुर : कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ७ नम्बर वडा कार्यालय नजिक रहेको सुडा स्थित राधाकृष्ण मन्दिरमा महाआरती सुरु हुन गइरहेको छ। राधाकृष्ण मन्दिर समिति मूल आयोजक समितिको आयोजनामा हुन लागेको शृङ्गारिक महाआरती साउन १३ गतेदेखि १९ गतेसम्म हुने संयोजक भोजबहादुर शाहीले बताएका छन्। श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती २०८२ मा परम पुज्य महाराज सरल कथा वाचक पण्डित विष्णु प्रपन्नाचार्यकाे मुखार बिन्दुबाट संगीतमय श्रीमद् भागवत कथा प्रवचन गरिने कार्यक्रम रहेको  सह संयोजक नरेश भट्टले बताए उक्त महााआरतीबाट उठेको दान रकमले राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास तथा कोष निर्माणमा लगाइने कोषाध्यक्ष सिद्धराज भट्टले बताए।

१३ गतेदेखि सञ्चालन हुने महाअरती कार्यक्रम बिहान ६ बजे देखि ९ बजेसम्म बौद्धिक पूजापाठबाट सुरु हुने सचिव गणेश दत्त अवस्थीले जानकारी दिए। श्रृङ्गारिक महा आरतीमा १००८ शालिग्राम  पूजन तथा परिक्रमा, रुद्रीपाठ , तुलादान, धनधान्याञ्चलहुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् उक्त कार्यक्रममा सहभागिताका लागि समस्त गाउँवासी, भक्तजनहरू, समाजसेवी, बुद्धिजीवी ,जनप्रतिनिधि, पत्रकारहरू सबैलाई प्रसाद ग्रहण गरी सहयोग गरिदिनुहुन सम्पूर्णमा अनुरोध गरेकाे छा उक्त पूजापाठबाट उठेको दानकाे रकमले कोष निर्माण गरी मन्दिर मर्मतमा लगाइने संयोजक शाहीले बताए।

हिन्दू धर्मलाई जोगाउनको लागि तथा युवाहरूमा हस्तान्तरण गर्नको लागि र व्यक्तिहरूलाई सही मार्गमा लागुन र सदभाव, सदविचार , धर्मप्रतिको आस्था, धर्मतिर आकर्षित समेत  हुन विश्वास गरिएको छ १३ गतेदेखि सुरु हुने महा आरती कार्यक्रम विभिन्न पाठ पूजाहरूको साथ भव्यताका साथ १९ गते समापन गरिने आयोजकले जनाएकाे छ।


ताजा समाचार

spot_img