कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका ६ गाउजी गाँउबाट लाखौँका पटाका बरामद गरिएका छन । मंगलबार बेदकोटको उत्तरी गाउजी गाँउबाट प्रहरीले लाखौँका पटाका बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक रावतले १६लाख, ८७हजार बराबरका विभिन्न प्रकारका पटाका बरामद गरिएको बताए ।

उनले बरामद गरिएको स्थानबारे सार्वजनिक गरे पटाका धनी फरार हुने भएकाले कसको घरबाट बरामद गरिएको बारे मिडियामा समेत सार्वजनिक गर्न नहुने बताए । ‘हामीले यत्रो पटाका भित्र्राउने मान्छेलाई समेत नियन्त्रणमा लिन खोजेका छौँ, ‘उनले भने, ‘बरामद गरिएको पटाका स्थान, घर बारे समाजिक सञ्जालदेखि मिडियामा बोले पटाकाधनी भाग्ने हुन्छ ।’ दशौँ तिहार नआउँदै कञ्चनपुरमा यसरी लाखौँका पटाका कसरी भित्रिए भन्दै प्रहरी खोजि गरिरहेको छ ।

जिल्लाभरी सीमा नाकाहरुमा सशस्त्र प्रहरी तैनाथ छ तर यसरी लाखौँका पटाका कसरी भित्रिए भन्ने बारेमा प्रहरी मात्रै होईन नागरिक समेत अचम्मित भएका छन । ठुलो परिमाणमा पटाका भित्र्राउनेदेखि संलग्नमाथि छानबिन मात्रै होईन कार्बाही गर्नुपर्नेमा जोडदिईएको छ । मान्छेको ज्यानै लिनेसक्ने बिस्पोटक पदार्थ पटाका प्रतिबन्धित भएपनि ल्याउने कार्य गैर कानुनी भएको भन्दै संलग्नमाथि यथाशिघ्र कार्बाहीको आवाज उठेको छ ।











