कञ्चनपुर : कञ्चनपुरमा लैङ्गिक हिन्सा बिरुद्धको अभियान शुरु भएको छ । जिल्लाका सबै पालिकाहरुमा लैङ्गिक हिन्सा बिरुद्धको १६ दिने अभियान शुरु भएको हो । बुधबारदेखि जिल्लाका ९वटै पालिकाहरुमा अभियान शुरु गरिएको जनाएका छन । जिल्ला सदरमुकाम समेत रहेका भीमदत्त नगरपालिका सहित बेलडाँडी, लालझाडी गाँउपालिका, बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरमा अभियान शुरु गरिएको छ ।

भीमदत्त नगरमा अभियानको उद्घाटन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले लैङ्गिक विभेद, असमानता, हिन्सा न्यूनिकरणका लागि घरबाटै शिक्षा दिनुपर्नेमा जोडदिए । उनले समाजका सबै सरोकारवाला मिलेर मात्रै हिन्सा न्यूनिकरण हुने बताए । उनले अब लैङ्गिक हिन्सा न्यूनिकरणका लागि १६ दिनबाट तल झार्दै सुन्यतामा पु¥याउन सुझाव दिएका छन । भीमदत्त नगरकी समाजिक विकास अधिकृत अवस्थीले १६ दिनको अवधिमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै हिन्सामुक्त समाज निर्माणमा जोडदिईन् ।

भीमदत्त नगरका समाजिक विकास समितिका सभापति सुशिल भट्टले लैङ्गिक हिन्सा न्यूनिकरण उन्मुलनका लागि अधिकारका साथसाथै कर्तव्य समेत निर्माणमा जोडदिएका छन । जिल्लाका महिला अधिकारकर्मीदेखिका सरोकारवालाहरुले अब औपचारिक कार्यक्रम, अभियान मात्रै होईन व्यक्ति, घर, समुदायबाटै चेतनाको दियो बाल्दै हिन्सामुक्त समाज निर्माणमा जोडदिएका छन ।











