जन्मोत्सवको अवसरमा अनाथालयका बालबालिकालाई खाद्यान्न तथा फलफूल सहयोग


महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा जन्मोत्सवको अवसरमा अनाथालयका बालबालिकालाई खाद्यान्न तथा फलफूल सहयोग गरेको छ।

जन्मदिनलाई केवल उत्सव र मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले स्याङ्जा जिल्ला निवासी बन्धुराज अर्याल र सरिता राजथला अर्यालले छोरीको १२औँ जन्मदिनको अवसरमा समाज कल्याण बाल अनाथालय, महेन्द्रनगरमा खाद्यान्न तथा फलफूल सहयोग गर्नुभएको थियो।

२०८३ मंसिर ८ गते जन्मदिनको अवसर पारेर अनाथालयमा आश्रित बालबालिकालाई फलफूल तथा मिठाई वितरण गर्नुका साथै संस्थाका लागि चामल, दाल, तेल, सोडा, मसला, आलु, प्याज र टमाटरलगायत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरिएको हो।

उक्त सहयोग सामग्री अनाथालयका कार्यालय प्रमुख दिवाकर भट्ट, कार्यसमिति सदस्यहरू भगवती थापा, भक्तबहादुर महता, सरिता महता, महेश्वरी साउँद, सीता धामी र राधाकृष्ण बोहराको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

जन्मदिनजस्तो व्यक्तिगत खुसीको अवसरलाई अनाथ तथा असहाय बालबालिकासँग बाँड्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने यस कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस्ता मानवीय तथा परोपकारी कार्यले सामाजिक सद्भाव, सहयोग र सेवाभाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img