रेडियन्ट मा.वि. का ३४८ विद्यार्थीहरूलाई जुकाको औषधि खुवाइयो


कञ्चनपुर : ​कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई जुकाको औषधि खुवाइएको छ। भीमदत्त नगरपालिका वडा नम्बर १५ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

स्वास्थ्य केन्द्रका प्रमुख तिलक प्रसाद जोशीको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै पुगेर जम्मा ३४८ जना बालबालिका तथा विद्यार्थीहरूलाई जुकाको औषधि खुवाएको हो। ​स्वास्थ्य केन्द्रका प्रमुख जोशीका अनुसार ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ५ वर्षभन्दा माथिका सबै बालबालिका तथा छात्रछात्राहरूलाई एल्बेन्डाजोल (Albendazole 400mg) नामक जुकाको औषधि खुवाइएको छ।

​बालबालिकाहरूको शारीरिक तथा मानसिक विकासका लागि नियमित रूपमा जुकाको औषधि खानु आवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। जुकाको सङ्क्रमणले गर्दा बालबालिकाहरूमा रक्तअल्पता, कुपोषण र एकाग्रतामा कमी जस्ता स्वास्थ्य समस्याहरू देखिन सक्ने भएकाले विद्यालयमा यस्ता अभियानहरू सञ्चालन हुँदै आएको छ।

विद्यालय प्रशासनले स्वास्थ्य केन्द्रको यस कार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img