कञ्चनपुरमा २४ सामुदायिक विपद् स्वयंसेवकलाई सातदिने तालिम सुरु


कञ्चनपुर : पेशवान र प्रोस्पर ग्लोबलको साझेदारीमा सञ्चालित M-RED परियोजनाअन्तर्गत लालझाडी गाउँपालिकाका २४ जना सामुदायिक विपद् स्वयंसेवकका लागि सातदिने विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम (VMT) सुरु भएको छ।

कञ्चनपुरको झलारीस्थित होटल महाकालीमा सञ्चालन भइरहेको तालिममा ६ जना दक्ष प्रशिक्षकले सहजीकरण गरिरहेका छन्। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको अध्यक्षता तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख धर्मराज उप्रेतीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतीले तालिम प्राप्त स्वयंसेवकलाई प्राधिकरण तथा स्वयंसेवक व्यवस्थापन प्रणाली (VMS) मा आबद्ध गरी आपत्कालीन अवस्थामा तत्काल परिचालन गरिने बताउनुभयो।

तालिमले दोदा नदी तटीय क्षेत्रलगायत जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचारसम्बन्धी स्थानीय क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। विपद्का बेला स्थानीयस्तरमै प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सक्षम जनशक्ति तयार पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।


Loading Viewer...

ताजा समाचार

spot_img