स्टार्टअफ उद्यम कर्जामा पनि पहुँचवालाकै बोलबोला

कञ्चनपुर: औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअफ उद्यमी कर्जाका लागि युवा उद्यमी छनौट गरेको छ । देशभर ६६१ युवा उद्यमी छनौट भएका छन । जसमध्ये कञ्चनपुरमा १२ युवाका उद्योग, फर्म, प्रालि समेत छनौटमा परेका हुन । सरकारले सहुलियतमा स्वदेशमै उद्यम गर्नका लागि ५देखि २५लाख रुपैया ऋण उपलब्ध गराउनेछ । छनौटमा परेका अधिकाँस सत्ताधारी नेपाली काँग्रेस, नेकपा एमाले निकट नेता कार्यकर्ता, जनप्रतिनिधीदेखि राजावादीले संचालन गरेको उद्योग छनौटमा परेका छन ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाण्डौँले छनौट गरेको तथ्याङ्क अनुसार कञ्चनपुरका ९ पालिका मध्ये पुर्नवास नगरपालिका, बेलडाँडी र लालझाडी गाँउपालिका बाहेक अन्य सबै पालिकाबाट उद्यमी छनौट भएका छन ।
दोधाराँचादनी नगरपालिका १ को योजना पोल्ट्री फर्म, भीमदत्त नगरपालिका ५ बिजी म्यानुफ्याक्चरिङ्ग, भीनपा ५ कै यशोदा कृषि फर्म, सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योग, भीमदत्त नगरपालिका ६ रणशैनी सःमिल तथा फर्निचर उद्योग, भीमदत्त नगरपालिका १८ बिराज साउण्ड भिडियो तथा टेण्ट हाउस छनौट भएका छन ।

बेदकोट नगरपालिका ३ दैजीको नेचुरल हर्बल उद्योग, शुक्लाफाँटा नगरपालिका ५ पिपलाडीको एन्जिल कृषि तथा पशुपन्छी फर्म, कृष्णपुर नगरपालिका ४ को कैलपाल कृषि फर्म, कृष्णपुर नपा ५ कै कन्ट्रिसाईड वायोव्योग्स एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रालि, बेलौरी नगरपालिका २ एनजी पशुपन्छी पालन तथा कृषि फर्म, बेलौरी ४ कै ढकाल फिस फर्म छनौट भएका हुन । छनौट भएका अधिकाँस सत्ताधारी नेकपा एमाले, काँग्रेसका नेता कार्यकर्ता एव जनप्रतिनिधीको भएपछि छनौटमा नपरेका एव आम नागरिक समेत हैरान भएका छन ।

स्थानीयले जनप्रतिनिधी, नेताहरुले आफ्नो उद्योग, फर्ममा ऋणदिलाउने भन्दा जनताको हितका काम गर्न सके जनता दल र सरकारप्रति उत्तरदायी हुने विषय अभिव्यक्त गरिरहेका छन । तर, छनौटमा परेका युवा उद्यमीहरुले पुरै कानुनी प्रकृया अनुरुप छनौट भएर छनौट भए अनुरुप राज्यले दिने ऋणको सदुपयोग गर्दै स्वदेशमै युवा उद्यमका कार्यक्रम अघि बढाउने दावि गरेका छन । यस्तै एमाले नेता एव बेलौरी नगरपालिका ४ का वडाध्यक्ष अर्जुन ढकाल संचालक रहेको ढकाल फिस फर्म र शुक्लाफाँटा नगरपालिका ५का पुर्व वडाध्यक्ष समेत रहेका एमाले युवा नेता कलम गिरी संचालक रहेको एन्जिल कृषि तथा पशुपन्छी फर्म पनि छनौट भएका छन । ढकाल फिस फर्मका संचालक अर्जुन ढकालले आफुले व्यवसायको स्तरबृद्धिदेखि पर्खाल निर्माण गरेर आन्तरिक पर्यटन प्रर्बद्धन गर्न खोजेको बताए ।

‘मैले राजनीतिक पहुँचकोे भरमा छनौट भएको होईन, यस अघि तीन पटक निवेदन दिदापनि परिन, अहिले परेको छु, ‘उनले भने, ‘यो अनुदान पनि होईन, व्यवसाय बृद्धिका लागि सरकारबाट ऋण हो, ऋण पाएर दुरुपयोग गर्नु पो भएन, झन राम्रो काम गरेर समयमै सरकारलाई ऋण फिर्ता गर्ने हो, राजनीति त मेरो समाजसेवा हो, हामीले व्यवसाय गर्न नपाउने कहाँ छ ।’ वडाध्यक्ष समेत रहेका ढकालले राजनीतिबाट प्रर्याप्त पैशा आउने भए किन ऋण निकालेर काम गथे भन्दै प्रशन गरेका छन । उनले अहिले छनौटमा नपरेको भन्दैमा असन्तुष्ट हुने भन्दा काम गर्दै गएपछि राज्यबाट सहयोग पाईने सुझाव दिए ।
कृष्णपुर नपा ५ कै कन्ट्रिसाईड वायोव्योग्स एण्ड प्लाष्टिक ईण्डष्ट्रिज प्रालिका सचालक लोकेन्द्र देउवा काँग्रेस स्थानीय कार्यकर्ता हुन । देउवाले आफुलाई काँग्रेस सभापतिसंग जोडेर स्टार्टअफ कर्जा नभई आफुले अघि सारेकोे मिसन, भिजन अनुरुप छनौट गरेको बताए । ‘मेरो चाहना वातावरणमैत्री प्लाष्टिकमुक्त समाज हो, ‘उनले भने, ‘जैविक झोला सहितका बस्तु उत्पादन गर्छु, स्वदेशमै केही गर्ने मेरो चाहना छ ।’

जिल्ला होईन सुदुरपश्चिम प्रदेशमै ईलेक्ट्रोनिक रिक्सा उत्पादन गर्दै आएको सिद्धनाथ ईलेक्ट्रिकल रिक्सा उद्योग प्रभावकारी काम देखेर बिना राजनैतिक पहुँचका भारमा छनौट भएको जनाईएको छ । सिद्धनाथ ईलेक्ट्रिकल रिक्सा उद्योगका प्रबन्ध निर्देशक दिवान सिह आग्रीले आफुले एक रुपैया नदिएरै छनौटमा परेको बताए । ‘मेरो विचार पाटी होईन, मैले भीमदत्त नगर मात्रै होईन जिल्लामै नयाँ रिक्सा उत्पादन गरेर नयाँ कामको शुरुवात गरेको छु, ‘उनले भने, ‘त्यही भएर सरकारले मेरो उद्योगलाई ऋण दिन छनौट गरेको छ ।’ लगानी बृद्धि गरेर उद्योगमा थप रिक्सा उत्पादन गर्ने आफ्नो योजना रहेको आग्रीले बताए । उनले सरकारले दुरुपयोग गर्नका लागि अनुदान नभई युवा उद्यमी प्रर्बद्धन गर्न कर्जा दिएको हो, समयमै तिनुपर्ने हाम्रो कर्तव्य हुने बताए । आग्री वैचारिक रुपमा राजावादी भएपनि सरकारले निष्पक्ष रुपमा छनौट गरेको दावि गरिएको छ । यस्तै स्टाटएअफ कर्जाको लागि छनौटमा नपरेका कञ्चनपुरका युवा उद्यमीले आफुहरुले खर्च गर्न नसकेको, विचौलियालाई घुस खुवाउन नसकेको शिर्ष कर्मचारी नेताहरुसंग पहुँच नहुँदा छनौटमा नपरेको गुनासो पोखेका छन । उनीहरुले राजनैतिक पहुँचका भारमा आफु निकटलाई छनौट गरेको दुखेसो पोखेका छन । माओवादी युवा नेता समेत रहेका कृष्णपुर नगरपालिका १ का शुचित्र शाहले आफ्नो खप्तड सामुदायिक सःमिल तथा फर्निचर उद्योगबाट समेत निवेदन दिएपनि छनौट नभएको दुखेसो पोखे ।

‘निवेदन माग अनुरुप मैले पनि सबै प्रकृया पुरा गरेर प्रपोजल सहित हालेको थिए, ‘उनले भने, ‘प्रारम्भिक सुचिमा थिए, पछि फाईनल सुचिनमा परेन, मलाई केही विचौलियाले तपाईको स्टार्टअफ कर्जामा पारिदिन्छु भन्दै पैशा माग्यो, मैले दिन सकेन, विपक्षी दलका कार्यकर्ता हुँदा पनि परेन ।’ राजनैतिक र आर्थिक पहुँचका भरमा सरकारले कर्जा दिनका लागि समेत छनौट गर्दा फरक दलका स्वदेशमै केही गर्न चाहने युवा निरुत्साहित हुने उनको भनाई छ । सहुलियतमा कर्जा लिनका लागि समेत उल्टै पैशा दिनुपर्नेदेखि राजनैतिक पहुँच बनाउनुपर्ने भन्दै छनौटमै एक युवा पनि छनौटमा नपरेका बेलडाँडी, लालझाडी र पुर्नवासका युवा उद्यमी निरास भएका छन । सरकारले दिने कर्जामा पारदर्शीता हुनुपर्नेमा आम नागरिकबाट आवाज उठिरहेको छ ।

ताजा समाचार

spot_img