महिला पतञ्जलि योग समितिको समन्वयमा सह-योग प्रशिक्षक प्रशिक्षण शिविर शुरु


कञ्चनपुर : ‘योग गरौ, रहौ निरोग’ भन्ने मुल नाराका साथ १७ दिने सह–योग प्रशिक्षक प्रशिक्षण शिविर शुरु भएको छ । महिला पतंञ्जलि योग समिति कञ्चनपुर तथा पतञ्जलि योग समिति कञ्चनपुरको आयेजनामा सह- योग प्रशिक्षक प्रशिक्षण शिविर शुरु गरिएको हो । श्रावण १ गते बाट शुरु भएको प्रशिक्षक प्रशिक्षण श्रावण १७ गते सम्म चल्ने छ ।

१७ दिन चल्ने योग शिविरमा श्रावण १ गते देखि प्रत्येक दिन विहान ४ः३० बजे देखि बिहान ७ बजे सम्म शारिरिक प्रशिक्षण सत्र हुने छ भने बेलुका ७ः३० बजे देखि ८ः३० बजे सम्म बौद्धिक सत्र सञ्चालन हुने छ । बौद्धिक सत्र अनलाईनबाट हुने पतञ्जलि योग केन्द्रका सदस्य योग प्रशिक्षक लवराज भट्टले बताए । उनले भने ‘योग साधनाले शरिर स्वास्थ्य सँग मन पवित्र बनाउने कार्य पनि गर्नुको साथै योगले संस्कृति पनि बचाउने कार्य गर्दछ ।’

‘अहिले सुख सयलका साधनका सार्थै कामको चापले प्रत्येक मानिस अस्वस्थ हुदै विभिन्न रोगको शिकार हुदै गएको छ । चाहे त्यो मानसिक होस वा शारिरिक त्यसको उपचारको सबै भन्दा राम्रो पद्दती योग साधना रहकोले प्रत्येक दिन योग साधना गरी शरिरलाई स्वास्थ्य राख्नुको साथै मानसिक तनाव पनि हटाउन सकिने’ जिल्ला समन्व कञ्चनपुरकी उप प्रमुख राम कुमारी रानाले बताउनु भयो ।

श्रावण १ गते देखि शुरु भएको सह–योग प्रशिक्षक प्रशिक्षण शिविर भीनपा १८ वडा कार्यलय स्थिित विष्णु योग साधना केन्द्रको योग हलमा आज विधिवत रुपमा उद्दघाटन सत्र सम्पन गरिएको छ । महिला पतञ्जलिकि भूतपूर्व पतञ्जलि जिल्ला महिला अध्यक्ष विजया लक्ष्मी अवस्थीको सभापतित्वमा प्रमुख अतिथी जिल्ला समन्व समिति कञ्चनपुरकी उप प्रमुख राम कुमारी रानाको प्रमुख अतिथ्यता रहेको थियो । उद्दघाटन शत्रको अवसरमा विधिवत रुपले होमको आयोजना गरी मन्त्र उच्चोरण गरिएको थियो ।


ताजा समाचार

spot_img