कृष्णपुर: कृष्णपुर नगरपालिका–६ बन्जरिया स्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहले बुधबार समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ । समूहका अध्यक्ष विरबहादुर राजवंशीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आर्थिक वर्ष ०८१÷८२ मा सम्पन्न कार्यहरूको समीक्षा गर्दै भावी योजना र रणनीतिहरू तय गरिएको छ ।

गोष्ठीमा अध्यक्ष राजवंशीले वार्षिक साधारण सभाले स्वीकृत गरेको रु ४६ लाख ५६ हजार ३२१ को अनुमानित बजेटमध्ये कुल रु ३२ लाख १३ हजार ६०० खर्च भएको जानकारी दिनुभयो। उहाँले वन संरक्षण, संवद्र्धन, सामुदायिक विकास र संस्थागत सुदृढीकरणमा भएको खर्चको विवरण प्रस्तुत गर्नुभयो।

बाँकी रकम वन गस्ती, अग्नि नियन्त्रण र बैठक खर्चतर्फ विनियोजन गरिएको जानकारी गराउँदै उहाँले कार्य सम्पादनको केही अंश बाँकी रहेको उल्लेख गर्नुभया े। राजवंशीले गोष्ठीमा घाटगद्दिमा रहेको वन पैदावारको कटान, संकलन र बिक्री कार्य ढिलो हुनु र कार्यसमितिको निर्णय कार्यान्वयनमा समन्वय अभाव रहनु कार्य सम्पादनमा बाधक रहेको बताउनुभयो।

गोष्ठीमा सामुदायिक वनका पदाधिकारीहरूले आफ्नो जिम्मेवारीअनुसार प्राप्त कार्यको समीक्षा गर्दै वर्षभरको प्रगतिबारे विवरण प्रस्तुत गरेका थिए। अध्यक्ष राजवंशीले सदस्यता नवीकरण, घरघुरी परिचयपत्र वितरण, काठ चिरान तथा उपभोक्तालाई आंशिक वितरण लगायतका २४ कार्यहरूको उल्लेख गर्दै समूहका गतिविधिहरू नियमित रूपमा अघि बढाइएको जानकारी दिनुभया े।
कार्यक्रमका प्रमुख अतिथि सिता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता र सहभागितामूलक प्रक्रिया कायम रहनु आवश्यक रहेको धारणा राख्नुभया े। यस अवसरमा सामुदायिक वनका पूर्व उपाध्यक्ष गणेश कुँवर, सल्लाहकार संयोजक मेखबहादुर कडाल लगायतले वनको प्रगतिबारे धारणा राख्दै भविष्यमा अझ सशक्त कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम सञ्चालन रामकृष्ण चौधरीले गर्नुभएको थियो






