डम्मरी विष्ट / कञ्चनपुर : पछिल्ला तीन बर्षकाे तथ्यांक अनुसार कञ्चनपुर जिल्लामा गर्भपतन गराउने महिला २० बर्ष मुनिका बढी भएको देखिएको छ । प्रादेशिक अस्पताल कन्चनपुर र परिवर नियोजन संघ महेन्द्रनगर शाखा कञ्चनपुरका अनुसार २०७९ मा २० बर्ष मुनिका महिला १८ जना गर्भपतन गरएका थिए भने २०८० मा १९ जना महिलाले गर्भपतन गराएका थिए तर २०८१ मा यो संख्या २३ जना पुगेको छ। नेपाल सरकारले निश्चित अवस्थमा गर्भपतनलाई वैधानिकता दिए पछि देशभरि नै गर्भपतन गराउने निश्चित स्थान तोकेका छन् ।

अस्पतालका सुचना अधिकारी शान्त प्रशाद जोशीका अनुसार संख्यात्मक हिसाबले पछिल्लो बर्ष गर्भपतन गराउनेको संख्या भने घटेको छ । दुवै सेवग्राही कार्यालयको तथ्यांक अनुसार २०७९ मा जम्मा ८ सय ५० जना महिलाले गर्भपतन गराएका थिए । २०८० मा ११ सय ७९ जनाले गर्भपतन गरएक थिए तर २०८१ म भने जम्मा ७ सय ६० जनाले गर्भपतन गराएक छन् । प्रादेशिक अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.शुबाष राईका अनुसार गर्भपतन गराउदा पाठेघर सम्बन्धी समस्या आउने हुदा सकेसम्म प्रजन्न स्वस्थ्य सम्बन्धी चेतना अभिवृद्धि गरेर अझै यो गर्भपतनको संख्या घटन सके राम्रो हुने बताउछन् ।

त्यसो त गर्भपतनको सेवा औषधि सेवन र औजारबाट गरिने हुँदा धेरै जसो सेवाग्राही औषधि प्रयोग गर्ने गरेको परिवार नियोजनमा कार्यरत स्टाफ नर्स पुजा बिष्टले बताउनुभएको छ अझ कतिपय अवस्थामा गर्भपतन गर्नेहरुले आफु अनुकुल स्वेच्छिकले औषधी सेवन गर्ने र असहज भएको अवस्थामा मात्रै अस्पताल आउने गरेको पाइएको छ । भारतिय सिमा नजिक भएकोले कतिपय महिलाहरु गर्भपतन गराउनेहरु भारत पनि जाने र सम्बन्धको आधारमा बाहिर पनि सेवा लिने भएकोले गर्भपतन गराउनेको संख्या अझै बढी भएको हुन सक्छ । (प्रशिक्षार्थी पत्रकार)







