गुगुल्डिकि तिर फर्कि हेरञ्जा

जगदीश ओझा/कञ्चनपुर : ” गुगुल्डि ” डोट्याली भाषाको मौलिक शब्द हो । ह्याँक, तीब्र इच्छा, भटकना, मनको भित्रि इच्छा, भटभटी, गुडगुडी यसका समानार्थी शब्द हुन। यो शब्द एक भावबाची नामका रूपमा रहे पनि सुदूरपश्चिमको महेन्द्रनगर, कञ्चनपुर केन्द्र बनाएर प्रकाशित हुदै आइ रहेको डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका पनि हो गुगुल्डि ।

स्थानीय डोट्याली भाषा, साहित्य, कला ,संस्कृतिको संरक्षण सम्बर्धन गर्ने अभिप्रायले स्थापित तथा प्रकाशित हुदै आइरहेको साहित्यिक मासिक पत्रिका २०५४असौज देखि निरन्तर प्रकाशित हुदै आयेको छ। स्थापना काल देखि निरन्तर प्रकाशित हुदै आयेको गुगुल्डिका ३३३ अंक प्रकाशित भयेका छन। पत्रिका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा द नं १३ -२०५४|५५मा वीरबहादुर चन्द विश्राम सम्पादक/प्रकाशक रहने गरी दर्ता भयेको थियो।

गुगुल्डि साहित्यिक मासिक पत्रिकाकै उद्देश्यलाई संस्थागत गर्न तथा भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा संगठित प्रयासको आवश्यकता महसुस गरि वि सं २०७५|३|२४मा विधिवत दर्ता भै गुगुल्डि वाङमय प्रतिष्ठान निरन्तर सक्रिय रहेको छ ।संस्था दर्ता कानून अनुसार गुगुल्डि वाङमय प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा द नं १५ , २०७४|७५ दर्ता हुनुका साथै समाज कल्याण परिषदमा समेत दर्ता रहेको छ। प्रतिष्ठानको मुख्य उद्देश्य गुगुल्डिलाइ प्रकाशित गर्नुका साथै स्थानीय वाङमयका बिबिध क्षेत्रमा कार्य गर्नु रहेको छ।

पत्रिका तथा प्रतिष्ठानले नियमानुसार गर्नु पर्ने नविकरण, करचुक्ता, लेखापरीक्षण, लगायतका नियमित कार्य सम्पादन गर्दै आयेको छ। गुगुल्डि साहित्यिक मासिक प्रत्रिका २८औ तथा प्रतिष्ठान आठौ बर्ष सम्म आइ पुग्दा साहित्यिक पत्रकारीताका जटिलता तथा स्वयंसेवी साहित्यिक सामाजिक संस्था सञ्चालनका कठिनाइ भोग्नु परे पनि समाजमा देखिने गरि गुगुल्डि चिनिएको छ र चिनाएको छ।

महत्वपूर्ण उपलब्धिहरू:-
१) सुदूरपश्चिमको भाषिक आन्दोलन तथा अध्ययनमा यसको भूमिका रहेको छ र डोट्याली भाषाले स्वतन्त्र भाषाको रूपमा आइ एस ओ कोड समेत प्राप्त गरेको छ। यसमा वीरबहादुर चन्द विश्राम तथा आर डि प्रभास चटौतको भूमिका महत्वपूर्ण छ।
२) डोट्याली तथा अन्य स्थानीयभाषाको लेखन तथा प्रकाशनमा गुगुल्डि प्रेरक र प्रकाशन मञ्चका रूपमा स्थापित भयेको छ । पत्रिकाका ३३३निरन्तर रूपमा प्रकाशित हुदा २पाना बाट सुरू भयेको पत्रिका ५२पृष्ट सम्म पुगेको छ। एकहजार भन्दा बढि सर्जकहरूका १५००० बढी फुटकर रचनाहरू यसमा प्रकाशित भयेका छन।
३) सयौ साहित्यिक-सास्कृतिक ब्यक्तिहरूका व्यक्तित्व एबम् कृतित्व बिवरण संगै ४दर्जन बढी विधागत विशेषाङ्क, बहुभाषिक लघु कथा संग्रह, सुदूरपश्चिमको भाषिक अध्ययन बिशेषाङ्क प्रकाशित। हुनुका साथै एक दर्जन बढी साहित्यिक कृति सम्पादन तथा प्रकाशनमा प्रतिष्ठानको सहकार्य रहेको छ।

४) पत्रिका तथा प्रतिष्ठानले वाङमय क्षेत्रमा सम्मान तथा पुरस्कार प्रदान गर्न सहयोगीहरूको सहकार्यमा दश लाख बराबरको अक्षयकोष स्थापना तथा ९ वटा पुरस्कार स्थापना गर्न सफल भयेको छ। हाल सम्म आइपुग्दा १०० जति लाई पुरस्कृत तथा झण्डै ३००बढीलाई सम्मानित गरि सकिएको छ।
५) पुस्तान्तरण गर्न युवा विद्यार्थीहरू केन्द्रित प्रशिक्षण, प्रतियोगिता, प्रदर्शन तथा प्रकाशन हुदै आयेका छन। देश भित्र तथा बाहिर समेत यस पत्रिका ले सयौ ब्यक्तिहरूलाई मातृभाषीक लेखन तथा प्रयोगमा प्रेरणा प्रदान गरेको छ।
६) नियमित रूपमा बर्षमा सरदर एक दर्जन भाषा, साहित्य, कला, सस्कृति कार्यक्रमहरू आयोजित हुने गरेका छन भने नेपाल तथा भारतको जनस्तरको सम्बन्ध सुदृढिकरण गर्न साहित्यिक संस्था एवम् साहित्यकार हरू संग सहकार्य गर्दै कार्यक्रम आयोजना गरिदै आयेका छन।
७) गुगुल्डि साहित्यिक मासिक पत्रिका र प्रतिष्ठानले स्थानीय संघ संस्था तथा सरकारी निकायहरू संग सहकार्य गर्दै आएको छ ।
८) प्रेस काउन्सिल नेपालको बर्गिकरणमा पत्रिका परेको छ। सम्पादक वीरबहादुर चन्द विश्राम प्रेस काउन्सिल पत्रकारीता पुरस्कार, नेपाल प्रज्ञाप्रतिष्ठान साहित्यिक पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुनुका साथै पत्रिका भाषा आयोगबाट समेत सम्मानित भयेको छ। यस प्रतिष्ठान तथा पत्रिका सम्बद्ध स्वयंसेवी व्यक्तिहरू बिभिन्न संघसंस्थाहरू बाट सम्मानित तथा पुरस्कृत भयेका छन।

मुख्य समस्या र चुनौतीहरू
संस्था तथा पत्रिका सञ्चालन अत्यन्तै चुनौति पुर्ण छ। यसको निरन्तरतामा वीरबहादुर चन्द विश्रामको समर्पण तथा सहयोगीहरूको सहयोग महत्वपूर्ण छ। यसमा रहेका प्रमुख समस्या र चुनौति यस प्रकार देखिएका छन।
१) आर्थिक अभाव
२) पुर्णकालिन व्यबस्थापक/सम्पादकको अभाव
३) कार्यालय स्थापना गर्न नसक्नु
४) प्राविधिक समस्या
५) सरकारी नीतिका समस्या
६) ह्रासोन्मुख पठन संस्कृति
७) स्थानीय भाषा संस्कृतिको उपेक्षा गर्ने प्रवृति
८) लगानीको दृष्टिकोण सकारात्मक नहुनु

हालको कार्यसमिति
अध्यक्षः वीरबहादुर चन्द विश्राम
उपाध्यक्ष: चन्द्रकला पन्त
सचिव: जगदीश ओझा
सदस्य: रमेश पन्त मीतबन्धु, कविराज भट्ट, प्रेमप्रकाश कलौनी

यस वर्ष पुरस्कृत हुने साहित्यकार तथा संस्कृतिकर्मी
१) बिरूवा राम लुहार, मेलौली ८ कोटिगाँउ बैतडी गायक, डेउडिया, कमेडियन तथा लोकसाहित्यका जानकार ।मालमहिम रामरत्ना पुरस्कार
२) दीपसागर पन्त, पाटन नपा गगरा, बैतडी हाल काठमाण्डू, गजलकार गोर्खापत्र डोट्याली भाषापृष्ट सम्पादक । लच्छु डुणिचन्द स्मृति ग्वाल्लेक गौरब पुरस्कार
३) शिवराज कलौनी शिवनाथ २ सुनकोट बैतडी कवि, सास्कृतिक लेखक, शिक्षक । कौशल्या कु देवी कर्ण बहादुर स्मृति पुरस्कार
४) खिमानन्द बडू, भीमदत्त नगर पालिका ५ बनगाउ कञ्चनपुर, डोट्याली भाषाका कवि तथा हास्य ब्यङ्गकार ।डोट्याली भाषा श्रीबृद्धि राज्यलक्ष्मी प्रतिभा पुरस्कार
५) पुर्ण मल्ल, बझाङ रायल, गजलकार/कवि । डम्बरदत्त शर्मा स्मृति पुरस्कार
६) हेमन्ती जोशी, साहित्यकार डोटी । गुगुल्डि न्वाकी मानपान[पुरस्कार]
७) मीना पन्त, साहित्यकार । मनोहरी वसन्ति गजाधर स्मृति पुरस्कार
८) शास्त्री काशीदत्त भट्ट, दार्चुला,साहित्यकार, लोक संस्कृतिविद् लोक बाद्यवादक । दिलानन्द देवकी डोटी रत्न पुरस्कार
९) डा. टेकराज पन्त , डडेल्धुरा शिक्षाविद्, साहित्यकार प्याउली सम्पादक । द्रोपदी विश्राम गुगुल्डि बाङमय पुरस्कार

जगदीश ओझा
सचिव गुगुल्डि वाङमय प्रतिष्ठान

ताजा समाचार