वडामा रहेका नाला खाेला सरसफाई

खडक ब. काेली/ कञ्चनपुर: भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले आफ्ना वडामा रहेका नाला खाेला सरसफाई गरेको छ। गत वर्ष अषाढ महिनाको २२, २३ र २४ गते परेको अविरल वर्षाका कारण १८ नम्बर वडा कार्यालयका सुकुम्बासी बस्ती, खोला किनारमा रहेका घर, घर,गाेठ डुबानमा परेकाले यस वर्ष वर्षा सुरु भइसकेकाले विपद पूर्व तयारी हाम्रो जिम्मेवारी नारा लिएर नाला सरसफाई गरेकाे भिमदत्त नगरपालिका १८ नम्बर वडाका वडा अध्यक्ष  रविन्द्र प्रसाद देवकोटाले बताएका छन्।

कालिका मन्दिर खोला  देखि शुरु गरेर वडा कार्यालय  सुकुम्बासी बस्तीसम्मकाे नाला  करिब ७ मिटर फराकिलाे र डेड किलाे मिटर गहिराे  एस्काभेटर र भ्याकुले सफाई गरेकाे देबकाेटाले बताए यस खाेला सफाईले नयाँ कटान र सुकुम्बासी बस्तीलाई डुबान हुन बाट बच्ने  विश्वास छ र बढि खाेला आईहाले पछि त भन्न  सकिदैन  नगरपालिका र वडा कार्यालयको बजेटबाट हामिले वडा कार्यालय सुकुम्बासी बस्ती हुँदै जाने खोला, बागवानी र  रोड साइड नालाहरू सफा गरेकाे देवकोटाले बताए। मौसम पूर्वानुमान अनुसार यस वर्ष बढी पानी पर्ने भएकोले वडावासिहरुलाई सचेत गराइने र विपदपूर्व तयारी गरिने उनकाे भनाई रहेकाे छ।

ताजा समाचार