बस्ती जोगाउन मलेरिया नालामा जनश्रमदानबाट पक्की तटबन्ध निमार्ण हुदै

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बस्तीलाई जोगाउन जनश्रमदानबाट युवाहरुले तटबन्ध निमार्ण कार्य थालेका छन् । दोधारा चाँदनी नगरपालिका– ३ शान्तीटोल नजिक रहेको मलेरिया नालाले गतवर्ष आएको बाढीले जग्गा कटान गरि बस्ती नजिक पुगेपछि युवाहरुले पक्की तटबन्ध निमार्ण कार्यका जनश्रमदान गरेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय र वडा कार्यालयको रकमबाट तटबन्ध निमार्ण कार्यमा प्रयोग हुने तारजाली र ढुङ्गा खरिद गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभयो ।

स्थानिय युवाको जनश्रमदान संगै सो पक्की तटबन्ध निमार्ण कार्यमा नगर प्रहरी र प्रधानमन्त्री रोजगार कार्यक्रम अनुसार कामदारहरुले सघाएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् । शान्ती टोल नजिक मलेरिया नालामा झण्डै १ सय मिटर पक्की तटबन्ध निमार्ण कार्य अघि बढाएको उहाँले बताउनुभयो । स्थानीय युवाहरुको श्रमदान र नगर प्रहरी र प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारहरुले तारजालीमा ढुङ्गा भर्ने कार्य गर्दै आएको नगर प्रबक्ता हरिसिंह धनाडीले बताउनुभएको छ् ।

गत वर्षको अविरल वर्षा संग आएको मलेरिया नालाको बाढीले कटानी बस्ती नजिकै पुगेपछि जोखिम न्युनिकरण गर्नको निम्ती तटबन्ध निमार्ण कार्य सुरु गरिएको उहाँको भनाई छ् । वर्षायाम सुरु भए संगै मलेरिया नालाको बहाव बढ्न थालेपछि स्थानियबासीहरु चिन्तीत भएका थिए ।

बस्ती जोगाउन तटबन्ध निमार्ण भए संगै स्थानियबासीहरुले जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् ।

ताजा समाचार