बर्खा अवागै महाकालीमा तटबन्ध र भुजेला खोला निकासको माग


कञ्चनपुर : कञ्चनपुरको महाकाली तटिय क्षेत्रका स्थानीयले बर्षा अवागै महाकाली नदीमा तटबन्ध र भुजेला खोला निकासको माग अघि सारेका छन । बुधबार महाकाली पुल आयोजना, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएर बर्षा अवागै महाकाली नदीमा तटबन्ध र भुजेला खोला निकासको माग अघि सारेका हुन ।

भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले अर्को बर्षा आउँदा पनि सरकारले महाकाली पुलको भत्किएको तटबन्ध निर्माण नगरेको र भुजेला खोलाको समानान्तरण निकास बनाउन आनाकानी गरेको भन्दै समयमै तीनै निकायमा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको बताए ।

भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले सरकार गम्भिर नहुँदा फेरीपनि भीनपा ११, १२ र १३का जनता वाढीको चपेटामा परेको बताउँदै यथाशिघ्र तटबन्धका कार्यक्रमम संचालनमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img