युवा पानी व्यवसायी खरेललाई उदयदेव सहकारीको उत्कृष्ट उद्यमी सम्मान


कञ्चनपुर : कञ्चनपुरका एक युवा पानी व्यवसायीलाई उदयदेव बहुउदेश्यीय सहरकारी संस्थाले सम्मान गरेको छ । शुक्रबार महेन्द्रनगरमा भएको उदयदेव बहुउदेश्यीय सहकारी संस्थाको २८औँ बार्षिक साधारण सभामा सहकारीले युवा पानी व्यवसायी आशिष खरेललाई सम्मान गरेको हो ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर शिव महादेव वाटर एण्ड मल्टि प्रोडक्सन ईण्डष्ट्रिजका संचालक समेत रहेका खरेललाई प्रमाण पत्र, दोसल्ला मायाको चिनो सहित सम्मान गरिएको छ । सहकारीका बचतकर्ता रहेका रहेका खरेललाई उत्कृष्ट उद्यमीबाट सम्मान गरिएको छ । सम्मानसंगै युवा व्यवसायी खरेलले थप व्यवसायमा उत्प्रेणा थपिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img