कञ्चनपुर । गृह नगर कञ्चनपुर पुगेका पूर्व गृहमन्त्री रमेश दत्त लेखक शुक्रबार बिहान क्षतिग्रस्त झोलुङ्गे पुलको अनुगमन गर्नुभएको छ् । कञ्चनपुर– ३ बाट पहिलो पटक साँसद भएपछि लेखकले दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगर स्थित जोड्न महाकाली नदीमा झोलुङ्गे पुल निमार्ण बिशेष पहल थालेका थिए । २०५९ मा सुरु भएर तीन वर्षमा पुल निर्माण कार्य सकिएको थियो । भदौ दोस्रो साता पुल चुँडिएपछि पुर्व गृह मन्त्री रमेश लेखकले सामाजिक सञ्जालमा लामो स्टयाटस लेख्दै दु:ख व्यक्त गरेका थिए । दोधारा चाँदनी नगरपालिकालाई सदरमुकाम संग जोड्ने क्षतिग्रस्त पुलको अनुगमनमा पुग्नु भएका पुर्व गृहमन्त्री लेखकले महाकाली नदीको झोलुगें पुल टुटेको घटनाले आफुलाई अत्यन्त दु:खी बनाएका बताउनुभयो ।


देशको अन्य भू–भाग संग यातायात सम्पर्क नभएको जनजीवन ज्यादै कठिन भएको दोधारा चाँदनीलाई तत्कालिन अवस्थामा प्रत्यक्ष देशको भू–भाग संग जोडेको महाकाली झोलुङ्गे पुल दोधारा चाँदनी वा कञ्चनपुर मात्र होईन देशकै ऐतिहासिक भएको बताउनुभएको छ् । कंचनपुरबाट पहिलो पटक निर्वाचित भएपछि तत्कालीन प्रतिनिधी सभामा आफुले पहिलो पटक महाकाली नदीमा झोलुगें पुल बनाई दोधारा चाँदनी जोड्नु पर्छ भन्दा कतिपय साथीहरु यो असम्भव कुरा हो भनि ठठ्ठा गरि हाँसेको पुर्वगृहमन्त्री लेखकले स्मरण गर्नुभयो ।


तर सोही अवधीमा कार्य प्रारम्भ भई नेपाल सरकारको बजेट, नेपालकै प्राविधिक र नेपालकै निर्माणकर्ताबाट ऐतिहासिक लामो पुल बनेको उहाँले बताउनुभयो । नेपाल सरकार र सरकारका सम्बन्धित सबै निकायलाई यथाशक्य चाँडो पुलको पुनर्निर्माण, मर्मत र सम्भार गर्न पुर्वगृहमन्त्रीले रमेश दत्त लेखकले अनुरोध समेत गर्नुभएको छ् ।











