कञ्चनपुर : कञ्चनपुरमा सामुदायिक वनहरुमा काठ बिक्रि वितरण अपारदर्शी रुपमा सेटिङ्गदेखि बेथिति हुन थालेपछि डिभिजन कार्यालयले परिपत्र गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लामा केही सामुदायिक वनहरुमा काठ बिक्रि वितरण अपारदर्शी रुपमा सेटिङ्गदेखि बेथिति हुन थालेपछि डिभिजन कार्यालयले परिपत्र गरेको हो । २१ असोज ०८३(बुधबार) डिभिजन वन कार्यालय कञ्चनपुरले जिल्लाका सामुदायिक वनहरुलाई खयरको काठ बिक्रि वितरणका लागि पारदर्शी एव स्वच्छ प्रतिस्पर्धात्मक प्रकृया अवलम्बन गर्न निर्देशन जारी गरेको छ ।

जिल्लाको भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, लालझाडी, बेलौरी, पुर्नवास सहितका केही सामुदायिक वनहरुमा खयर सहितका काठ बिक्रि वितरण लिलामी प्रकृयामा वनकै कर्मचारी, सामुदायिक वनका पदाधिकारीदेखि केही काठ व्यवसायीहरुले सेटिङ्गमा काठ खरिद बिक्रि वितरण गर्न थालेको डिभिजन कार्यालयमा जनगुनासो बढेपछि कार्यालय एक्सनमा उत्रिएको जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले खयर उत्पादन बिक्रि वितरण गर्ने क्रममा सुदूरपश्चिम प्रदेश सामुदायिक वनको काठ दाउरा संकलन तथा बिक्रि वितरण निर्देशिका ०७९को प्रावधान अक्षेरश पालना गर्दै काठ बिक्रि वितरण प्रकृया स्पच्छ, पादरर्शी र प्रतिस्पर्धी मुखी बनाउन तीन बुँदे निर्देशन जारी गरेको छ । कार्य समितिको निर्णय र सूचना प्रकाशन, सूचना टाँस्ने, खयरको मुल्य कायम गर्ने निर्देशन जारी गरेको हो ।

केही वनकै कर्मचारी, सामुदायिक वनका पदाधिकारी, काठ व्यवसायीहरुले काठ लिलामका लागि शुरुवाती चरणदेखि राष्ट्रिय स्तरमा पत्रिका गोप्य सूचना प्रकासित गरेर सेटिङ्गमा काठ बिक्रि वितरण गर्दै आएपछि स्वयम सामुदायिक वनकै केही उपभोक्ता यस्तो कालो कामको बिरोधमा उत्रिएका छन । भने, नेकपा बहुमत सहितका केही दल, सरक्षणकर्मीहरुले समेत वनमा यस्तो नाङगो बेथिति अन्त्यका लागि आग्रह गर्दै आएका छन । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले हस्ताक्षर गरेको निर्देशनात्मक पत्र सबै सव डिभिजन वन कार्यालय र नेपाल वन वैदावार उद्योगी व्यवसायी संघलाई कार्यान्वयनका लागि बोधार्थ पठाएको छ । बषौँदेखि कञ्चनपुरमा यसरी काठ बिक्रि वितरणमा हुदै आएको बेथितिले सुशासनदेखि भ्रष्टाचार मौलाएको भन्दै यसमा अख्तियारले समेत चासो दिनुपर्नेमा जोडदिईएको छ ।











