विद्यालयमा स्वस्थ बानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


कञ्चनपुर — भीमदत्त नगरपालिका–१० स्थित सुकासाल महेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि स्वस्थ बानीसम्बन्धी विद्यालयस्तरीय जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी ज्ञान, सचेतना र व्यवहारमा सकारात्मक सुधार ल्याउने उद्देश्यले GNHA को सहयोग तथा PESWAN को कार्यान्वयनमा सञ्चालित Healthy Habits Project अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ, स्वच्छता तथा WASH, प्राथमिक उपचार, महिनावारी स्वास्थ्य तथा सरसफाइ, साथै प्रयोग गरिएका महिनावारी प्याडको उचित व्यवस्थापन तथा सुरक्षित विसर्जन लगायतका विषयमा जानकारी तथा अभिमुखीकरण प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै छलफल गरिएका विषयमा रुचि देखाएका थिए।

सहभागी विद्यार्थीहरूलाई दैनिक जीवनमा स्वस्थ बानी तथा व्यवहार अपनाउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन र विद्यालय तथा समुदायमा स्वच्छता प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गरिएको थियो। समग्रमा, उक्त अभिमुखीकरण सत्र विद्यार्थीहरूको स्वास्थ्यसम्बन्धी ज्ञान, सरसफाइ तथा स्वच्छताप्रतिको सचेतना र स्वस्थ व्यवहार अभिवृद्धि गर्न प्रभावकारी तथा उपयोगी रहेको पाइएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img