औषधी व्यवसायी संघ सुप प्रदेश समितिद्वारा कोहलपुर थापा पोलिक्लिनमा भएको घटनाको सत्य छानबिन गर्न माग


कञ्चनपुर : नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिले बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनमा उपचारका क्रममा भएको घट्नाको सत्यतथ्य छानबिन गर्न माग अघि सारेको छ । गत शनिबार कोहलपुरस्थित थापा पोलिक्लिनमा उपचारका क्रममा भएको घट्नाको नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिले सत्यतथ्य छानबिन गर्न माग अघि सारेको हो ।

औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको पूर्ण छानबिन नभएसम्म निष्कर्षमा पुग्न नहुने भन्दै सबैलाई आग्रह गरेको छ । औषधि व्यवसायी संघका सदस्य फर्मका सञ्चालकलाई पोलिक्लिकनमा आएका विरामीमाथि यौन दुव्र्यवहार गरिएको आरोपमा पक्राउ परेपछि संघको प्रदेश समितिले बुधबार विज्ञप्ति प्रकाशित गरी सत्यतथ्य बाहिर नआएसम्म सामाजिक सञ्जालमा आएका जानकारीका आधारमा दुष्प्रचार गर्न ठिक नभएको जनाएको छ ।

प्रदेश समितिका अध्यक्ष गजेन्द्र देब लेखकले हस्ताक्षर गरेको विज्ञप्तिमा घट्नाको सत्य तथ्य र निष्पक्ष छानबिन गरी दोषी देखिएका सबै पक्षमाथि कानुनी कारवाही हुनु पर्ने माग गरेका छन् । स्वास्थ्यकर्मी वा औषधी व्यवसायीबाट कानून बमोजिम आफ्नो कर्तव्य पुरा गर्दा संस्था वा व्यक्तिमाथि गालीगलैज, धाकधम्की कुटपिट गर्न कार्य कुनैपनि हालमा स्वीकार्य नहुने जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img