सुवेदीले छाडे बैद्य माओवादी


कञ्चनपुर: कञ्चनपुरका एक क्रान्तिकारी कम्युनिष्ट पाटी(बैद्य समुह) पाटीका नेताले पाटी परित्याग गरेका छन । हरि सुवेदीले बैद्य नेतृत्वको उक्त पाटी परित्याग गरेका हुन । बेदकोट नगरका स्थानीय समेत रहेका सुवेदीले दुई अघि मात्रै समाजिक सञ्जाल मार्फत उक्त पाटीबाट अलग भएको घोषणा गरेका थिए । मुल माओवादी हुँदै ०७९सालमा बैद्यतिरै लागेका सुवेदीले आफुले पहिल्यै राजिनामा दिएको उल्लेख गर्दै पाटी परित्याग गरेको घोषणा गरेका थिए ।

सुवेदी क्रान्तिकारी कम्युनिष्ट पाटी केन्द्रीय पुर्व सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज थिए । उनले भन्ने बेलामा क्रान्तिकारी भन्ने अनि देश जनताका लागि संघर्ष गर्न नसक्ने भएकाले आफुले सो पाटीमा बस्नुको कुनै औचित्य नदेखेरै परित्याग गरेको तर अहिले कुनैपनि दलमा प्रवेस नगर्ने स्वतन्त्र भएर समाजसेवा गर्ने घोषणा गरेका छन ।

‘पाटी नेतृत्व केही नेतृत्व तहमा बस्ने साथीहरु क्र्रान्तिका कुरा गरेर व्यक्तिगत सम्पत्ती जोड्नेदेखिका निहित स्वार्थका लागि मात्रै देखिन थाले, ‘उनले भने, ‘यो हालतमा कुनै क्रान्तिकारी पनि उपलब्ध हुदैन, समाजका लागि मैले आफु स्वतन्त्र भएर काम गर्ने प्रण गरेको छु ।’ हिजो प्रचण्ड खराब भन्ने अनि अहिले बैद्य खराब भन्दै पाटी परित्याग गर्ने सुवेदीप्रति उनका सहकर्मीहरुले मुल माओवादीबाट छुटिने काम नै लगत भएको टिप्पणी गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img