कञ्चनपुर : कञ्चनपुरका युवा व्यवसायी एव खेलाडी मोहन रोक्काले आफ्नो जन्मदिनको अवसरमा समाजिक कार्य गरेका छन । महेन्द्रनगर कञ्चनपुरका स्थानीय समेत युवा व्यवसायी रोक्काले जन्मदिनको अवसरमा समाजिक कार्य गरेका हुन ।

मंगलबार एक कार्यक्रमका विच क्यान्सर पीडित विद्यार्थीको उपचार र अनाथालयमा भौतिक सहयोग गरेका छन ।
मोनिङ्गग्लोरी कक्षा ११मा अध्ययनरत शुक्लाफाँटा नगरपालिका स्थानीय समेत रहेका विद्यार्थी मनोज जोशीको उपचारका लागि नष्गद २हजार १सय रुपैया र समाज कल्याण बाल अनाथालयका अनाथ बालबालिकाहरुलाई फलफुल एव मिठाई वितरण गरेका छन ।
मोहन ड्राईभिङ्ग सेन्टरका संचालक एव कराँते महासंघ सुदूरपश्चिमका सदस्य मोहन रोक्काले जन्मदिनमा दिनदुखी एव विपन्नलाई सक्दो सहयोग गरेको बताए । युवा व्यवसायी मोहन रोक्काको सहयोगले अनाथ बालबालिका र क्यान्सर पीडितलाई केही राहत पुगेको छ ।

