कञ्चनपुर, : चुरे सरक्षण सञ्जालले कञ्चनपुर भीमदत्त नगरको उत्तरी भेगका किसानलाई तरकारी तालिम लिएको छ । चुरे सरक्षण सञ्जालका अध्यक्ष रबिन्द्र कुँवले तराई भू–परिधिको आर्थिक सहयोगमा भीमदत्त नगरको उत्तरी भेगका किसानलाई तरकारी तालिम दिएको बताए ।

अध्यक्ष कुँवरका अनुसार सहिद स्मृति सामुदायिक वन उपभोक्त समुहका १६ विपन्न परिवारका उपभोक्ताहरूलाई तीन दिने व्यवसाय तरकारी खेती तालिम दिन लागिएको छ । कार्यक्रममा प्रमुख अतिथि भीमदत्त नगरपालिका वडा ३ वडा अध्यक्ष गगन सिंह धामी अतिथिमा तराई भूपरिधीका सुभरभाइजर शेर बहादुर चौधरि र सहिद स्मृति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायतको उपस्थितिमा संचालन भएको तालिम तीन दिनसम्म संचालन हुनेछ ।
