कञ्चनपुर : सीमावर्ती सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुरमा लागु औषधको बिगबिगी बढिरहेका बेला प्रहरीले एक लागु औषध पेटभित्र लुकाएर नेपाल ल्याएका युवकको मलद्धारबाट ब्राउन सुगर बरामद गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ११चैत्र भीमदत्त नगरपालिका १६मझगाँउबाट पक्राउ गरेका बेदकोट ५ घुर्सुवाका २७ बर्षिया महेश डगौराको मलद्धाराबाट ब्राउन सुगर बरामद गरेको हो । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका प्रह पदम विष्टले डगैराले मुखभित्र च्यापेर ल्याएको ब्राउन सुगर आफुले पक्राउ गरेपछि निलिदिएको बताए ।
‘महेश डगौराले मुखभित्र च्यापेर ल्याएको ब्राउन सुगर खाएपछि हामीले चिकित्सकको सल्लाह अनुरुप ति व्यक्तिलाई दिशा गर्न लगाएर मलद्धारबाट १.२३ग्राम ब्राउन सुगर बरामद गरेका छौँ, ‘उनले भने, ‘मानिसहरु यसरी लागु औषध ओसारपसोर गर्दछ, यो नियन्त्रणमा निकै चुनौती छ ।’ डगौरा सहित दुई दिनको अवधिमा लागु औषध नियन्त्रण ब्यूरोले कैलाली , कञ्चनपुरका विभिन्न स्थानबाट लागु औषधका तस्कर नियन्त्रणमा लिएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरले दुवै जिल्लाबाट लागु औषध सहित मानिस पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक केशवराज जोशीको कमाण्डिङ्गमा दुवै जिल्लाबाट मानिस र लागु औषध नियन्त्रणमा लिएको जनाएको छ । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरका प्रह पदम विष्टका अनुसार बेदकोट ७ का २१ बर्षिया प्रभास शाहीले मुखमा लुकाई राखेको ३.६७ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
यस्तै भीनपा ३ की २७ बर्षिया निलम अवस्थी, र २८ बर्षिया अरुण चन्दको साजथबाट ४सय ९०ग्राम ब्राउन सुगर, बेदकोट ८का २३ बर्षिया अभिषेक डगौरा र ७कै २४ बर्षिया शुनिल डगौराको साथबाट ३सय ३०मिनिग्राम ब्राउन सुगर, बेदकोट ७ आमथलाका २०बर्षिया दिनेश बमको साथबाट १ः२६ग्राम ब्राउन सुगर, बेदकोट ८कै दिपक कार्कीको साथबाट २.९५ग्राम ब्राउन सुगर, लागु औषध बरामद गरेको छ । कैलालीको गोदाबरी नगपालिका ६का २५ बर्षिया रबिन चन्द, घोडाघोडी नपा ६का २४ बर्षिया मिथुन सोपको साथबाट ८सय ४०मिनिग्राम ब्राउन सुगर बरामद गरेको छ । बरामद गरेका सबैलाई कैलाली, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लागु औषधमा पक्राउ परेका किशोर, युवा समुहले कहाँबाट ब्राउन सुगर ल्याएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकोछ ।
