कञ्चनपुर : सुदूर पश्चिम नेपाल कञ्चनपुर गड्डाचौकी नाकादेखि पश्चिम झण्डै ३ सय ४६ किलोमिटर दुरीमा रहेको भारतको शहर देहरादुनमा नेपाली मौलिक बस्तु तथा सेवाको माग बढेपछि ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवमा नेपाली बस्तु तथा सेवाले बजार पाएको छ । ८ चैत्र देखि भारतको देहरादुनमा संचालन भएको ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवमा नेपाली बस्तु तथा सेवाले बजार पाएको हो । नेपाली मुलीहरुको बाहुल्यता भएको भारतीय शहर देहरादुनमा सहजै मौलिक नेपाली बस्तुको उपलब्धता नहुने र मेलाले उपभोक्तालाई सहजै उपलब्ध गराएपछि हस्तकला देखिका बस्तुमा उपभोक्ताको आकर्षण बढेको पाईन्छ । ग्रेटर नेपालबाट परिचित उत्तराखण्ड सदियौँ देखि र पछिल्ला बर्षहरुमा गोर्खा सैनिकको बसोबास रहेको देहरादुनमा नेपाली मुलका नागरिकहरुको बाहुल्यता रहेको छ । ७ बर्षमा तेस्रो पटक कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्बद्धन केन्द्र संगको सहयोगमा देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव ०८१ संचालन गरेपछि त्यहाँ बस्दै आएका नेपाली मुलका उपभोक्ताहरुलाई आफ्नो पुख्र्यौलीका बस्तु तथा सेवा उपभोगका लागि मेला कडि बनेको छ । नेपाली मुलका मात्रै नभई भारतीय अन्य नागरिकले समेत नेपाली विशुद्ध मौलिक बस्तुको उपभोग गरेका छन ।महोत्सवमा नेपाली मौलिक खाने परिकार, उपभोग गर्ने समानदेखि विश्वभरी नेपालीको पहिचान गराउने ढाँकाटोपी, खुकुरी, महदेखि विजयसाल, चाउचाउ, चुरापोते, गलैचाका भाँडाकुडाको कारोबार भईरहेको छ ।

यस अघि दुई पटक र अहिले गरेर तेस्रो पटक संचालन भएको मेलाले देहरादुनमा रहेका नेपालीलाई सहजै मौलिक बस्तुको उपलब्धता देखि नेपाल(भारत विचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गरेको छ । ललितपुरका सोम मुडभरीले नेपाली गोर्खे कुखुरीको स्टल राखेका छन । मुडभरीले सोम हिमाल हस्तकला उद्योगबाट उत्पादित बस्तुको देहरादुन मेलामा स्टल राखेका हुन । उनले यस अघि दोस्रो मेलामा ३ सय कुखुरी बिक्रि गरेको र अहिले ४स य बेच्ने लक्ष्य अघि सारेको बताए । ‘यो मेलामा नेपाली कुखुरीको माग धेरै हुन्छ, ‘उनले भने, ‘पहिलो पटक स्टल राख्दा ३ सय कुखुरी बेचेको थिए, ‘उनले भने, ‘अहिले ४ सय बेच्ने योजना छ ।’ भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कञ्चनपुरकी भावना केसी/ज्योती केसी तिवारीले नेपाली पोते बिक्रि वितरणका लागि स्टल राखेका छन । पोते संसारकी संचालिका भावना केसीले नेपाली पोतेचुराको डिजायन मन पराउने भएकाले आफुहरुले स्टल राखेको बताईन । पाल्पाका कमल भण्डारीले विश्वमै नेपाली चिनाउने ढाकाटोपीको स्टल राखेका छन । पाल्पाली मदनपोखरा ढाका उद्योगका संचालक भण्डारीले आफु पहिलो पटक आएको बताए । ‘म यहाँ विभिन्न प्रकृतिका ढाकाटोपी सहित ढाकाको कपडाबाट बनेका बस्तु ल्याएर आएको छु, ‘उनले भने, ‘राम्रै बिक्रि वितरण भईरहेको छ, ढाकाटोपीको माग बढेको छ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका १ महेन्द्रनगर भाँसीका मेरिष्ट काष्टका मार्केटिङ्गका संचालक गणेशराज बोहराले विजयसालका गिलासमा राती पानी राखेर बिहान खाली पेट पिउँदा मधुमेह, रक्तचापदेखि कालेष्टोल सहितका रोगहरु निको हुने विश्वासका साथ उपभोक्ताहरुको रोजाईमा पनि विजयसालका भाँडाकुडा परेका छन । तीन वटै मेलामा विजयसालका भाडा बिक्रिका लागि देहरादुन पुगेका बोहराले माग अनुरुप आपूर्ति गर्न नसकेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका युवा व्यवसायी भोजराज अवस्थीले नेपाली वाईवाई चाउचाउको स्टल राखेका छन । उनले नेपाली मुलका भारतीयले चाउचाउ बढि रुचाउने बताए । टिमुरको अचार बिक्रिका लागि चितवनबाट देहरादुन पुगेकी नेपाली मन उद्योगकी संचालक बसुमाया तामाङ्गले नेपाली भाषी मात्रै नभई भारतीय पहाडी मुलका उपभोक्ताहरुलाई औषधीजन्य टुमुरको आचार मन पराएको बताईन । ‘मैले पहिलो पटक स्टल राखेकी हुँ, ‘उनले भनिन, ‘देहारादुन पुगेपनि आफ्नै नेपालमा पुगेको जस्तो लागिरहेको छ ।’ मह बेच्नका लागि कञ्चनपुरका मौरीपालक किसान नरेन्द्र खत्रीले चिउरी, तोरी, जामुन र मल्टी मह बिक्रिका लागि देहरादुन पुगेका छन । किसान जी मह उत्पादक फर्मका संचालक खत्रीले आफु पहिलो पटक आएको र अपेक्षा अनुरुप बिक्रि वितरण भईरहेको बताए । ‘मेरो उदेश्य मह बेचेर पैशा कमाउने मात्रै होईन, ‘उनले भने, ‘विशुद्ध नेपाली महको प्रचारप्रसार गर्ने पनि हो, त्यही अनुरुप ग्राहकसंग छलफल पनि गरिरहेको छु ।’

जुम्लाबाट गंगादेखि रावलले मौलिक जुम्लाको मार्सी चामल, कालो चामल, फापर, कोदो, कुन्दुक बेच्नका लागि आएकी छिन । हिमाली कृषि उद्योग जुम्लाकी संचालिक रावलले सबैभन्दा बढि मार्सी चामल, कोदोको पिठोको माग बढेको बताईन । ‘म पहिलो पटक यहाँ आएको हुँ, ‘उनले भनिन, ‘पहिलो दिनमै राम्रो बिक्रि भएको , भावि दिनमा पनि कहाँ कसरी मार्सी चामल र कोदोको पिठो पाईन्छ, भनेर उपभोक्ताहरुले जिज्ञासा राखेका छन, अहिले त मेलाका कारण ल्याए भावि दिनमा कसरी पठाउने होला ? ।’ ताप्लेजुङबाट गलैचा बिक्रिका लागि देहरादुन पुगेकी चन्दन गलैचा फाईबर उद्योगकी संचालिका माया तामाङ्गले आफु दोस्रो पटक देहरादुन आएको बताईन । ‘म यस अघि पनि यहाँ आएको थिए, उतिबेला राम्रौ कमाई भएपनि अहिलेपनि आएको हुँ, ‘उनले भनिन, ‘अहिले पनि दैनिक अपेक्षा अनुरुप बिक्रि भईरहेको छ, यहाँ नेपाली भाषीले हाम्रो समानका आर्र्कषण देखाएका छन ।’ देहरादुनमा रहेका नेपालीमुलीहरुले समेत आफ्नो पुख्यौली बस्तु तथा सेवाको सहजै उपभोग गर्न पाएपछि हर्षित भएका छन । पुर्व गोर्खाली सेना देविन शाहीले महोत्सवबाट नेपाली मुलीहरुलाई सहजै नेपाली बस्तु तथा सेवा उपभोग गर्ने अवसर पाईएको बताए । ‘हामी जागिरकै सिलसिलामा भातृभूमि छाडेर यता आए यतै घरजाम छ, ‘उनले भने, ‘हामीले चाहेका बेला नेपाली बस्तु पाउँदैनौँ, यही मौकामा समान खरिद गरेर लैजान लागेका छौँ ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले नेपाली बस्तु तथा सेवाको अन्र्तराष्ट्रिय बजारीकरणका लागि आयोजना गरिएको मेलामा मौलिक नेपाली बस्तुको माग बढिरहेको बताए । ‘अन्य मल्टि नेशनल कम्पनीबाट उत्पादिन बस्तु तथा सेवा सहजै उपभोक्ताले पाउँछन, तर नेपाली बस्तु पाउन समस्या हुने भएकाले सहज उपलब्धता र भारत दिनमा बजारीकरणका लागि हामीले महोत्सव नै संचालन गरेका छौँ ।’ महासचिव बोहराका अनुसार नेपाली बस्तु तथा सेवाका ५० र भारतीय पनि ५० स्टल रहेको बताए । उनले नेपाली मुलका नागरिकहरुको देहरादुनमा बाहुल्यता भएकाले पनि नेपाली बस्तु तथा सेवा खपतका लागि मेला आयोजना गरिएको छ । सुदूरपश्चिमका युवा उद्योगी तेज बहादुर चन्दले देहरादुन ऐतिहासिक सामरिक महत्व राख्ने भएकाले पनि नेपाली बस्तु तथा सेवाको सहजै उपलब्धता भावि दिनमा भारतीय बजारमा समेत सेवा विस्तार पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए । ‘यो मेला रमाईलोका लागि होईन, ‘यसको दिर्घकालिन पनि महत्व छ, ‘उनले भने,‘हामीले हाम्रा बस्तु तथा सेवाभारतीय बजारमा खपत गर्न सकेपनि ठुलो आर्थिक लाभ लिन सक्छौँ ।’
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सवले दुई देश विच थप आर्थिक, समाजिक, साँस्कृति सम्बन्ध विस्तार हुने बताए । अध्यक्ष जोशीले नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धन, बजारीकरण एवभारतसंगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको बताए । यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए । सन ०१७ र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालन गरि सकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बताए । ६ बर्षपछि हुन लागेको महोत्सवले थप नेपाली बस्तुको भारतीय बजारमा माग बढिरहेको बताए । महोत्सवको उद्घाटन गर्दै तेस्रो पटक संचालन भएको उक्त अन्र्तराष्ट्रिय व्यापार महोत्सवको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिह धामीले उद्घाटन गर्दै महोत्सवले दुवै देशका स्थानीय बस्तु तथा सेवाको कारोबार बृद्धि गर्ने बताएका थिए । मुख्यमन्त्री धामीले महोत्सवको नेपाल भारत विच सदियौँ देखिको नेपाल भारत विचको सम्बन्धलाई नयाँ पुस्तामा समेत हस्तान्तरण हुने बताए । महोत्सवले दुवै देशका किसान, व्यवसायी र मजदुर विचमा समेत सम्बन्ध विस्तार हुने बताए । उनले महोत्सव बाट दुवै देशविचको धार्मिक, समाजिक, आर्थिक, साँस्कृतिक एव दैनिक भाईचाराको समेत बृद्धि विकासमा जोड दिएका छन ।महोत्सवले दुवै देशका किसानले उत्पादन गरेका कृषि बस्तु तथा सेवाको प्रर्बद्धन हुने विश्वास व्यक्त गरेका छन । सात दिनसम्म संचालन हुने महोत्सवमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ ।






