महेन्द्रनगरमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

महेन्द्रनगर : महेन्द्रनगरमा शाईन रेसुङ्गा डेभलपमेन्ट बैक महेन्द्रनगर शाखाले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । शनिवार ग्लोवल मनी विक २०२५ को अवसरमा शाईन रेसुङ्गाडेभलपमेन्ट बैक महेन्द्रनगर शाखाको आयोजनामा भिमदत्तनगर नगरपालिका ४ मा रहेको श्री भृकुटी माध्यामिक बिद्यालयमा हाजिरी जवाफ प्रतियोगीता राखिएको थियो ।

नेपाल राष्ट्र बैकको निर्देशन बमोजिम चैत्र ४ गते देखी १० गते सम्म बालबालीका तथा युवाहरुमा बित्तिय साक्षरता अभिवृद्धि गर्ने, बित्तिय ज्ञान सिप र मनोबृतिको बिकास गराउने उदेश्य स्परुप बिभिन्न क्रियाकलापहरु अगाडी बढाइएको छ ।

जसमध्ये शाईन रेसुङ्गा डेभलपमेन्ट बैक महेन्द्रनगर शाखाले भृकुटी माध्यामिक बिद्यालयमा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरीएको शाखा प्रबन्धक बासु देब पन्तले बताउनुभयो ।  प्रतियोगीतामा उत्कृष्ट हुने समुह हरुलाई क्रमश तिन हजार,दुई हजार,र एक हजार नगद रुपैया,सर्टिफीकेट र सान्तोना पुरुष्कार बितरण गरी पुरुस्कृत गरीएको जनाइएको छ ।

ताजा समाचार