महेन्द्रनगर : घरेलु तथा साना उद्योग कार्यालय कन्चनपुरको भवनको शिलान्यास भएको छ । बिहीवार एक सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्टराईले भवन निर्माणको शिलान्यास गरे । नयाँ भवन निर्माणको लागि ५४ लाख ७५ हजार ८२५ रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ असार १५ गते सम्पन्न गर्नुपर्ने छ ।

कार्यालय प्रमुख हेमन्त बहादुर सिहका अनुसार उक्त भवन निर्माणका लागि सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट ५४ लाख ७५ हजार ८२५ रकम बिनियोजन गरिएको हो । वर्षातमा घरेलुु कार्यालयको हालको भवन डुवानमा पर्ने समस्याले कामकाजमा कठिनाइ हुँदै आएकोमा नयाँ भवनको आवश्यकता देखिएको उक्त कार्यालयका प्रमुख शाहीले बताए । सेवा प्रवाहमा असहजता नहोस् भन्नका लागि नयाँ भवनको निमार्ण कार्य अगाडि बढाइएको उनले बताए ।
