तेस्रो मेयर कप फुटबल प्रतियोगिता सम्पन्न, वडा नं. ८ बन्यो च्याम्पियन


महेन्द्रनगर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालन भइरहेको तेस्रो मेयर कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ।

शुक्रबार दोधारा चाँदनी नगरपालिकामा सञ्चालन भइरहेको तेस्रो मेयर कप फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो।

दोधारा चाँदनी नगरपालिकास्थित बाबाथान खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा नगर क्षेत्रका २० वटा फुटबल टोलीले सहभागिता रहेको थियो। प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा वडा नं. ८ ले वडा नं. ६ लाई सटन देथमा पराजित गर्दै उपाधि जितेको छ। वडा नं. ६ उपविजेतामा चित्त बुझाएको छ।

खेलको निर्धारित समयमा १-१ गोलको बराबरी खेलेसंगै फाइनल खेलको निर्णय ट्राइबेकर बाट भएको थियो। ट्राइबेकरमा दुबै टोलि २-२ गोलको बराबरी भए संगै सटन देथमा वडा नं.०८ ले उपाधी जितेको हो।

नगर खेलकुद विकास समिति, दोधारा चाँदनीका अध्यक्षले प्रतियोगिताको फाइनल खेलमा वडा नं. ८ विजयी भएको र वडा नं. ६ उपविजेता बनेको जानकारी दिनुभएको हो।
प्रतियोगिताले नगर क्षेत्रका खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न, फुटबल खेलको विकास गर्न तथा स्थानीय स्तरमा खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेता टिम वडा नं ०८ ले एक लाख एक हजार नगद पुरस्कार सहित आकर्षक ट्रफी प्रमाणपत्र मेडल, उपविजेता टिम वडा नं.०६ ले एकाउन्न हजार नगद पुरस्कार ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख किशोर कुमार लिम्बुले खेलकुद क्षेत्रमा सबै भन्दा अधिकतम बजेट विनियोजन गर्ने पालिका मध्य अग्रस्थानमा दोधारा चाँदनी नगरपालिका रहेको दाबी गर्नु भयो। उनले भन्नू भयो ” फुटबल बिकासका लागि रेफ्री कोर्स देखि प्रशिक्षक कोर्सको लागि बजेट विनियोजन गरि आर्थिक वर्ष २०८२/०८३ मा उक्त कोर्स कञ्चनपुर जिल्ला फुटबल संघको समन्वयमा सम्पन्न गरिएको थियो, तर दोधारा चाँदनी नगरपालिका बाट भने सहभागिको संख्या कम र इच्छुक नरहेको देख्दा मन खिन्न भएको थियो।”

प्रतियोगिता असोज १५ गते देखि दोधारा चाँदनी नगरपालिका नगर खेलकुद समितिको आयोजनामा भएको थियो। भने असोज २३ गते भब्यताका साथ एक कार्यक्रमका साथ नगर प्रमुखको प्रमुख आतिथ्यतामा समापन भएको हो।


Loading Viewer...

ताजा समाचार

spot_img