नेतृत्व विकास तथा प्रथाजन्य कानुन सम्बन्धी सचेतना कार्यक्रम


झलारी : शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारीमा शनिवार थारु कल्याणकारिणी सभाको आयोजनामा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा थारु समुदायका वरघर, भलमन्सा, गुरुवा, केसौका, चिराकीहरुलाई नेतृत्व विकास तथा प्रथाजन्य कानुन सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरियो । थारु कल्याणकारिणी सभाका कञ्चनपुर जिल्ला अध्यक्ष सुनिता चौधरीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथिमा सभाका केन्द्रिय सदस्य सिता डगौरा रहनु भएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि वडा नं २ का अध्यक्ष भोंदुराम डगौरा र वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी रहनु भएको थियो । थारु समुदायमा प्रचलित वरघर सम्बन्धी प्रथाजन्य कानुन सम्बन्धीका नीतिगत विषयबस्तु बारे अधिवक्ता जग बहादुर चौधरी र थारु बुद्धिजिवी बल बहादुर डगौराले कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बेसका जिल्ला अध्यक्ष हवलदार चौधरी, थारु कल्याणकारिणी सभाका जिल्ला उपाध्यक्ष रतनलाल राना, सभाका नगर समिति अध्यक्ष कालुराम चौधरी, सदस्य रामसहाय राना, राना थारु समुदायका अगुवा वासुदेव राना, सुग्रिव राना लगायतको सहभागीता रहेको थियो । यसैगरी, कार्यक्रममा थारु बुद्धिजिवि, नागरिक समाजका अगुवा, वरघर, गुरुवा, केशौका, चिराकी, महिला स्वास्थ्य स्वयंसेविका थारु पत्रकार लगायतको सहभागीता थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img